• २०८१ बैशाख १३ बिहीबार

उपत्यकामा मोटरसाइकल र स्कुटर दुर्घटनामा धेरैको मृत्यु  

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौं । ट्राफिक प्रहरीले सवारी दुर्घटनामा मृत्यु हुनेमा सबैभन्दा बढि मोटरसाइकल र स्कुटरको दुर्घटनालाई देखाएको छ ।

चालु वर्षको पछिल्लो १० महिनाको तथ्याङ्कले मोटरसाइकल र स्कुटरमा सबै भन्दा बढि ९६ जनाको मृत्यु भएको देखाएको हो । 

त्यसै गरी सवारी दुर्घटनाको कारणबाट मृत्यु हुनेमा दोस्रो नम्मरमा पैदाल यात्रु रहेको तथ्याङ्कले देखाएको छ । काठमाडौँ उपत्यकामा भएको दुर्घटनाको प्रहरीले सार्वजनिक गरेको सवारी दुर्घटनामा मृत्यु हुने पक्षको विश्लेषणमा ७७ जना पैदल यात्रुको मृत्यु भएको देखिन्छ । 
त्यसै गरी क्रमशः ट्रक, कार, बस र माइक्रोबाट मृत्यु हुनेको संख्या क्रमशः१६,१६, ८ र १ रहेको त्थ्याङ्कले देखाएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहानको ६ देखि १२ बजेको समयमा ३० प्रतिशत सवारी दुर्घटना हुने गरेको छ भने दिउसो १२ वजेदेखि ६ बजेसम्म ४१ प्रतिशत दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । 

त्यसै गरी बेलुका ६ देखि १२ वजेसम्म २४ प्रतिशत र १२ देखि ६ वजेसम्म ५ प्रतिशत सवारी दुर्घटना हुने गरेको तथ्याङक प्रहरीले सार्वजनिक गरेको छ । 

काठमाडौं उपत्यकामा सवारी दुर्घटना

काठमाडौं उपत्यकाको सवारी दुर्घटना विवरणमा चार आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्दा चालु आर्थिक वर्षमा बढि दुर्घना भएको देखिन्छ । सवारी दुर्घटना चालु आर्थिक वर्षमा ६ हजार ९ सय ८२ भएको देखिन्छ भने मृत्यु हुनेमा २ सय ११ जना रहेका छन् ।
त्यसै गरी सामान्य घाइतेमा ४ हजार ८ सय १४ जना रहेको देखिन्छ भने गम्भिर खालको घाइतेमा २ सय ५१ जना रहेको तथ्याङ्कले देखाउछ । 

मादक पदार्थ सेवन गरी सवारी चलाउनेमा चालु वर्षको बैशाखसम्मको तथ्याङ्कले २६ हजार ४सय ९ जना पुरुष र १ सय ९ जना महिला गरी २६ हजार ९ सय ९८ जना कारवाहीामा पर्ने गरेको तथ्याङ्क सार्वजनिजक गरेको छ ।

दैनिक ३६ ठाँउमा नियमित चेकजाच हुने र दैनिक ८९० जना मापसेमा पर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले दैनिक ३ अनुशिक्षण कक्षा प्रदान गर्दै आएको छ । त्यसैगरी हर्न कारवाहीमा १२ हजार २ सय ७१ सवारी साधन परेका छन् । 

गत आर्थिक वर्षसम्म नेपालमा दर्ता भएका सवारी साधन ३२ लाख ५० हजार ४२ रहेको छ भने बाग्मति अञ्चलमा ११ लाख ८४ हजार ९ सय ७ रहेको छ  । जसमा सबै भन्दा बढि मोटरसाइकल ७८.६३ प्रतिशत, कार जीप १५.५५ प्रतिशत, बस ट्रक ४.१२ प्रतिशत, डोजर १.१६ प्रसितशत र माइक्रो टेम्पो ०.५४ प्रतिशत रहेको तथ्याङ्क पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै