• २०८१ बैशाख १४ शुक्रबार

अर्थतन्त्र निकै कमजोर, नौ महिनामा झण्डै १० खर्ब रुपैयाँको व्यापार घाटा

kharibot

काठमाडौं । मुलुकको अर्थतन्त्र निकै नै कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले आज आईतबार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी नौ महिनाको प्रतिवेदन अनुसार यस अवधिमा कुल वस्तु व्यापार घाटा २१ दसमलव छ प्रतिशतले बढेर नौ खर्ब ९१ अर्ब ८१ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा निर्यात–आयात अनुपात छ दसमलव छ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात छ दसमलव आठ प्रतिशत रहेको थियो । 

चालु आवको पछिल्लो नौ महिनामा कुल वस्तु निर्यात १६ दसमलव नौ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दसममलव दुई प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारततर्फ २८ दसमलव नौ प्रतिशत र अन्य  मुलुकतर्फ तीन प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ  २५ दसमलव सात प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ ।  

राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिनामा कुल वस्तु आयात २१ दसमलव तीन प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २० दसमलव पाँच प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १९ दमसलव दुई प्रतिशत, चीनबाट भएको आयात ३५ दसमलव तीन प्रतिशत र अन्य मुलुकबाट भएको आयात १९ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, विद्युतीय सामग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।  

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका ठूला भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा भने बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै