• २०८१ बैशाख १२ बुधबार

बैतडीमा जीप दुर्घटना : तीनको मृत्यु तीन घाइते

kharibot

बैतडी । बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११.३० बजेतिर दशरथ चन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका अन्दाजी ४५ वर्षका हीराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन् । मृत्यु हुनेमध्ये एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ  ।  

दुर्घटनामा परी दशरथचन्द नगरपालिका–१० का अन्दाजी ४० वर्षका प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगर बस्ने अन्दाजी २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् ।

घटनास्थल अहिले प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी नेतृत्वको टोली पुगेको छ । जीप दुर्घटनाको कारण खुलेको छैन् । जीप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै