• २०८१ बैशाख ७ शुक्रबार

मङ्गलसैन नगरपालिकाको गाडी जलाउने दुई पक्राउ

kharibot

फाइल तस्बीर

अछाम । मङ्गलसैन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नगरपालिकाको परिसरमा पार्किङ गरी राखेको बा २ झ ३६९४ नम्बरको फोर्ड कम्पनीको इन्डोभर गाडीमा आगजनी गरेको आरोपमा वडा नं १ का दुईलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गाडीमा आगजनी गरी नष्ट गर्ने कुन्तीवण्डालीका १९ वर्षका दीपेन्द्र जैगडी र सोही ठाउँका १९ वर्षका एकेन्द्रराज नाथलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरी नायब निरीक्षक जनकबहादुर शाहीले बताए । 

पक्राउ परेका व्यक्तिले घटनामा केही अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएका भन्दै उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको र अनुसन्धान तीव्र पारिएको प्रहरी प्रमुख शाहीले जानकारी दिए ।

नगरपालिकाले पनि पाँच सदस्यीय छानबिन समिति बनाइ घटनाको अनुसन्धान गरिरहेको नगरप्रमुख पदमबहादुर बोहराले बताए ।

सो गाडीमा गत वैशाख ३१ गते राति सवा २:०० बजेको समयमा आगजनी गरिएको थियो । उक्त गाडी नगरपालिकाले गत वर्ष मात्रै रु एक करोड २० लाख लागतमा खरीद गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै