• २०८१ बैशाख १३ बिहीबार

नर्सको आन्दोलनप्रति काँग्रेसको ध्यानाकर्षण

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नर्सहरुले आफ्नो पेशागत हकहितको माग राखी शुरु गरेको सङ्घर्षका कार्यक्रमप्रति राज्यले उदासीनता देखाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेसले आज विज्ञप्तिमार्फत नर्सहरुले आफ्नो पेशागत हकहितको संरक्षण तथा न्यूनतम सेवासुविधाको माग राखी सङ्घर्षको कार्यक्रम गरेको दशौँ दिन बित्दा पनि राज्यले उदासीनता देखाएको जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत अनशनमा बसेका नर्सहरुको स्वास्थ्य स्थिति बिग्रँदै गएकोतर्फ समेत राज्य गम्भीर नदेखिनु दुःखद विषय भएको उल्लेख गरेका छन् ।

काङ्ग्रेसले यथाशीघ्र वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोज्न सरकारसँग आग्रह गरेको छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै