• २०८१ बैशाख ७ शुक्रबार

घरेलु मैदानमा युभेन्टस बराबरीमा रोकियो 

kharibot

काठमाडौँ । इटालियन सिरी ए को महारथी युभेन्टस सिजनको अन्तिम लिग खेलमा बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस एटलान्टाविरुद्ध १-१ गोलको बराबरीमा रोकिएको हो ।

एटलान्टाका लागि खेलको ३३औ मिनेटमा जोसेप इलिकिकले गोल गर्दै शुरुवाती अग्रता लिएको भएपनि खेलको ८०औ मिनेटमा मारियो मोंडजुकिचले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काएका थिए ।

युभेन्टसले आफ्नो घरेलु मैदानमा सन् २००९ देखि पहिलो पल्ट एटलान्टाविरुद्ध जित निकाल्न असफल भएको छ ।  

सिरी ए को उपाधि जितिसकेको युभेन्टसले लिगमा ३७ खेलमा ९० अंक बनाएको छ । त्यस्तै एटलान्टा भने यो बराबरीपछि ६६ अंक हासिल गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।

सिरी ए को अन्तिम खेलमा अब युभेन्टस सामपोडोरियासँग खेल्ने छ भने एटलान्टाले सससुलोविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै