• २०८१ बैशाख ६ बिहीबार

एम्बाप्पेले दिए पिएसजी छोड्ने संकेत 

kharibot

काठमाडौँ । पिएसजीबाट खेल्ने फ्रेन्च फुटबलका युवा खेलाडी किलियन एम्बाप्पेले पिएसजी छोड्ने संकेत दिएका छन् ।

फ्रेन्च लिग वानको प्लेयर अफ द अवार्ड सेरोमनीमा कुरा गर्दै २० बर्षिय एम्बाप्पेले आफुले अझै ठुलो भूमिका खोजेको स्पष्ट पारेका छन् । पिएसजीका लागि यस सिजनको लिग वान

उपाधि जिताएका एम्बाप्पेले  पिएसजीमा या अन्य कुनै क्लबमा नयाँ चुनौतीका लागि आफु तयार रहेको बताएर पिएसजी छोड्ने संकेत गरेका हुन् । 

एम्बाप्पे एक बर्ष अघि देखि नै स्पेनिस महारथी रियल म्याड्रिडको निशानामा रहेका छन् ।

अवार्ड लिदा एम्बाप्पेले यस बर्ष केहि निराशा भएको भए पनि लिगको उपाधि जित्न सफल भएको बताए ।

पिएसजीमा आफुले धेरै कुरा सिकेको बताउदै अब आफुले अझै धेरै जिम्मेवारी लिने समय आएको आफुले महसुस गरेको उनले बताए । उनले भने, मैले अझै धेरै जिम्मेवारी लिनु पर्छ भन्ने मलाई लागेको छ । त्यो पिएसजीमा नै पनि हुन् सक्छ या अन्य कहिँ ।

एम्बाप्पेले सन् २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट पिएसजी आएका थिए । उनले यस सिजनमा पिएसजीका लागि कुल ३८ गोल गरे भने लिग वानमा मात्र ३२ गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै