मेसीको नयाँ रेकर्ड, छैठौ पटक जिते पिचीची ट्रफी

खरीबोट

काठमाडौँ । लियोनेल मेसीले ला लिगामा यस सिजनमा ३६ गोल गर्दै छैठौ पटक पिचीची ट्रफी जितेका छन् ।

मेसीले ला लिगामा छैठौ पटक उच्च गोल गर्दै एथलेटिक क्लबका टेल्मो जाराको छैठौ पटकको रेकर्ड बराबरी गरेका हुन् । ५० को दशकमा एथलेटिको बिल्बाओमा खेल्दै जाराले ६ पटक ला लिगामा उच्च गोल गर्दै पिचीची ट्रफी जितेका थिए ।

मेसीले पनि यस अघि २००९-१०, २०११-१२, २०१६-१७, २०१७-१८ मा ला लिगामा उच्च गोल गर्दै पिचीची ट्रफी जितेका थिए । मेसीका प्रतिद्वन्दी मानिने क्रिस्टियानो रोनाल्डोले यो ट्रफी तीन पटक जितेका छन् । रोनाल्डोले सन् २०१०-११, २०१३-१४ र २०१४-१५ मा लिगमा उच्च गोल गर्दै यो ट्रफी जितेका थिए ।

मेसीले यस सिजनमा दोस्रो स्थानमा रहेका बार्सिलोना कै आफ्ना सहकर्मी लुइस स्वरेज र रियल म्याड्रिडका करिम बेन्जामाले भन्दा १५ गोल बढी गरेर यो अवार्ड जितेका छन् । स्वरेज र बेन्जामाले २१-२१ गोल गरेका छन् ।

मेसी यस सिजनमा युरोपको गोल्डेन बुटका लागि पनि प्रमुख दाबेदार रहेका छन् । मेसी ३६ गोल गर्दै अगाडी छन् भने एक खेल खेल्न बाँकी रहेका पिएसजीका किलीयन एम्बाप्पेको ३२ गोल रहेको छ ।

सम्बन्धित समाचार

'जापानका मेसी' रियल म्याड्रिडमा, के हो उनको बार्सिलोना कनेक्सन ?

काठमाडौँ । जापानका मेसी उपनामले चर्चित युवा जापानिज मिडफिल्डर टेकेफुसा कुबो स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्ने भएका छन् । १८ बर्षिय कुबोलाई रियलले अनुबन्ध गर्ने घोषणा गरेको हो ।  जापानको राष्ट्रिय

को हुन् रियल म्याड्रिडले साइन गरेका फेरल्याण्ड मेंडी ?

 काठमाडौँ । रियल म्याड्रिडले फ्रान्सका लेफ्ट ब्याक फेरल्याण्ड मेंडीलाई ६ बर्षका लागि साइन गरेको छ । इडेन हजार्ड, लुका जोभिकपछि म्याड्रिडले आउदो सिजनका लागि तेस्रो साइन गरेको हो । मेंडीलाई रियल

मेसी बने विश्वको धेरै कमाउने खेलाडी

काठमाडौँ । लियोनेल मेसी विश्वको धेरै कमाई गर्ने खेलाडी बनेका छन् । मेसीले आफ्ना प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो र नेइमारलाई पछि पार्दै पछिल्लो १२ महिनामा विश्वमा धेरै कमाई गर्ने खेलाडी बनेका

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सहज जित, मेसी र मार्टिनेजले गरे २-२ गोल 

काठमाडौं । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुवामाथि सहज जित हासिल गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले निकारागुवालाई ५-१ गोल अन्तरले पराजित गरेको छ । कोपा अमेरिका प्रतियोगिता अघि अर्जेन्टिनाले खेलेको


z