• २०८१ बैशाख ६ बिहीबार

मेसीको नयाँ रेकर्ड, छैठौ पटक जिते पिचीची ट्रफी

kharibot

काठमाडौँ । लियोनेल मेसीले ला लिगामा यस सिजनमा ३६ गोल गर्दै छैठौ पटक पिचीची ट्रफी जितेका छन् ।

मेसीले ला लिगामा छैठौ पटक उच्च गोल गर्दै एथलेटिक क्लबका टेल्मो जाराको छैठौ पटकको रेकर्ड बराबरी गरेका हुन् । ५० को दशकमा एथलेटिको बिल्बाओमा खेल्दै जाराले ६ पटक ला लिगामा उच्च गोल गर्दै पिचीची ट्रफी जितेका थिए ।

मेसीले पनि यस अघि २००९-१०, २०११-१२, २०१६-१७, २०१७-१८ मा ला लिगामा उच्च गोल गर्दै पिचीची ट्रफी जितेका थिए । मेसीका प्रतिद्वन्दी मानिने क्रिस्टियानो रोनाल्डोले यो ट्रफी तीन पटक जितेका छन् । रोनाल्डोले सन् २०१०-११, २०१३-१४ र २०१४-१५ मा लिगमा उच्च गोल गर्दै यो ट्रफी जितेका थिए ।

मेसीले यस सिजनमा दोस्रो स्थानमा रहेका बार्सिलोना कै आफ्ना सहकर्मी लुइस स्वरेज र रियल म्याड्रिडका करिम बेन्जामाले भन्दा १५ गोल बढी गरेर यो अवार्ड जितेका छन् । स्वरेज र बेन्जामाले २१-२१ गोल गरेका छन् ।

मेसी यस सिजनमा युरोपको गोल्डेन बुटका लागि पनि प्रमुख दाबेदार रहेका छन् । मेसी ३६ गोल गर्दै अगाडी छन् भने एक खेल खेल्न बाँकी रहेका पिएसजीका किलीयन एम्बाप्पेको ३२ गोल रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै