• २०८१ बैशाख ६ बिहीबार

माइकल ज्याक्सनको बायोपिकमा काम गर्न चाहन्छु – टाइगर सराफ

kharibot

मुम्बई । बलिवुड अभिनेता टाइगर सराफले पप स्टार माइकल ज्याक्सनको जीवनीमा अभिनय गर्ने इच्छा रहेको बताएका छन् ।

हालै रिलिज भएको फिल्म स्टुडेन्ट अफ द इयर-२ बक्स अफिसमा त्यति सफल नभए पनि टाइगर बलिवुडमा एक सफल अभिनेताका रुपमा स्थापित भैसकेका छन् ।

बलिवुडमा अहिले बायोपिकमा फिल्म बनाउने लहर नै चलिरहेका बेला टाइगरले माइकल ज्याक्सनको बायोपिकमा काम गर्ने इच्छा रहेको बताएका हुन् । उनले भने, ' मैले जब हिरोपन्ति साइन गरे त्यति बेला नै सोचेको थिए की मैले माइकल ज्याक्सनले जस्तै डान्स गर्नु छ । त्यसैले म ऋतिक रोशनको डान्सको निकै ठुलो फ्यान हुँ । आज म जँहा छु त्यसमा माइकल ज्याक्सनको ठुलो हात छ ।'

केबल ६ बर्ष अगाडी मात्र डान्स सिक्न शुरु गरेको बताउने टाइगरले बलिवुडमा शुरुका दिनमा भन्दा अहिले खुल्दै गएको बताएका छन् । उनले आफुले एक्सन, रोमान्सका साथै रियालिस्टिक फिल्ममा काम गर्न चाहेको बताएका छन् ।

टाइगर स्टुडेन्ट अफ द इयर-२ पछि यश राजको ब्यानरमा बनिरहेको अब ऋतिक रोशन र वाणी कपुरसँगको नाम फाइनल नभएको फिल्म आउदै छ । त्यस्तै उनको बाँगी-३ अर्को बर्षको मार्चमा रिलिज हुने बताइएको छ, जसमा उनको अपोजिटमा श्रद्धा कपुर हुने छिन । त्यस्तै टाइगरले तामिल फिल्म रेमोको रिमेकमा समेत काम गर्ने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै