• २०८१ बैशाख ७ शुक्रबार

दुई हेलमेट कार्यान्वयन तत्काल हुदैन – ट्राफिक प्रहरी महाशाखा 

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईपांग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनु पर्ने व्यवस्था तत्काल लागु नहुने बताएको छ ।

आइतबार मात्रै ट्राफिक महाशाखाले यस्तो व्यवस्था लागु गरिन लागेको बताएपछि मिडिया र सामाजिक संजालमा यस बारे बहस शुरु बएपछि ट्राफिक महाशाखाले आज यस बारेमा स्पष्ट गरेको हो ।

महाशाखाले भनेको छ– ‘‘उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबाट हुने क्षति न्यून हुन सक्ने र यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्य पश्चात् कार्यान्वयन हुने व्यहोरा अनुरोध ।’’

महाशाखाले आइतबार मात्रै आगामी असारदेखि सो नियम लागु हुने जनाएको थियो । प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम यो नियम ल्याइएको जनाएको छ ।

अब दुई पांग्रे सवारी साधनको पछाडी बस्नेले हेल्मेट लगाउनु पर्ने व्यवस्था तत्काल लागु हुने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै