• २०८१ बैशाख ८ शनिबार

विश्वकप खेल्ने पाकिस्तानी टोलीमा तीन परिवर्तन, आमीर टिममा फर्किए  

kharibot

काठमाडौं । आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि पाकिस्तानले १५ सदस्यीय टिममा तीन परिवर्तन गरेको छ ।

यस अघि गत बैशाख ५ गते सार्वजिक गरेको १५ सदस्यीय टिममा पाकिस्तानले तीन खेलाडी परिवर्तन गरेको हो । 

इङल्याण्डसँगको एकदिवसीय सिरिजमा ४-० ले पराजित भएपछि पाकिस्तानका प्रमुख छनौटकर्ता इन्जमाम उलहकले विश्वकप खेलमा खेल्ने खेलाडीमा तीन परिवर्तन गरेको जानकारी दिएका छन् ।           

यस अघि टिममा नपरेका तिब्र गतिका बलर मोहमद आमिर, वहाव रियाज र आसिफ अलीलाई टिममा समावेश गरिएको छ ।

आमिर, रियाज र अली टिममा समावेश भएपछि उनीहरुको सट्टामा जुनैद खान, फहीम अशरफ र अबिद अली विश्वकप टिमबाट बाहिर भएका छन् ।       

विश्वकपका लागि पाकिस्तानको कप्तानमा सरफराज अहमद रहेका छन् । 

पाकिस्तानको विश्वकप खेल्ने खेलाडीहरुमा सरफराज अहमद (कप्तान), वहाव रियाज, बबर आजम, आसिफ अली, फाखर जमान, हरिस सोहेल, हसन अली, इमाद वाशिम, इमाम उल हक, मोहमद आमीर, मोहमद हाफिज, मुहमद हसनैन, शदाब खान, शाहीन शाह अफ्रिदी र शोएब मल्लिक रहेका छन् ।

विश्वकपमा पाकिस्तानले आफ्नो पहिलो खेल मे ३१ मा वेस्टइन्डिजविरुद्ध खेल्दै छ । यसअघि सम्पन्न ११ पटकको विश्वकपमा पाकिस्तानले सन् १९९२ मा अहिलेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नेतृत्वमा विश्वकप जितेको थियो ।

त्यस्तै पाकिस्तान सन् १९९९ मा विश्वकपको फाइनलमा पुगेर अस्ट्रेलियासँग पराजित भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै