डोटीका नौ स्थानीय तहले गाडी किन्नमै खर्च गरे ११ करोड खर्च

खरीबोट

प्रतिनिधि तस्बीर ।

डोटी । जिल्लाका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै रु ११ करोड खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि विसं २०७४ साउनदेखि विसं २०७५ चैतसम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ गाडी खरीदमा खर्च गरेका छन् । 

गाडी खरीदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको पाइएको छ । नगरपालिकाभन्दा यहाँका गाउँपालिकाले गाडी खरीद बढी गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहसँग एक्साभेटर र डोजर छन् । कतिपय किन्ने तयारीमा छन् । तर, डोजर प्रयोगको नीति नियम पालना भएको छैन ।

पूर्वीचौकीले हालसम्म रु दुई करोड ६७ लाख ५५ हजार ६५२ विभिन्न सवारी साधन खरीदमा खर्च गरेको छ । दश मोटरसाइकल खरीदमा रु २४ लाख ९७ हजार २०० खर्च भएको छ । त्यस्तै रु ३७ लाख २० हजारमा पिकअप जीप, रु एक करोड २३ लाख ६२ हजार ४५० एक्साभेटर खरीद गरिएको छ । यसैगरी रु ८१ लाख ७६ हजारमा दुईवटा बस पनि सो गाउँपालिकाले किनेको छ ।

शिखर नगरपालिकाले रु एक करोड ५४ लाख २९ हजार ३०० खर्च गरेर विभिन्न गाडी किनेको पाइएको छ । दुई नगर बसमा रु ५६ लाख ६० हजार, टिपरमा रु ३८ लाख ६९ हजार, जीपमा रु ३६ लाख ९५ हजार, आठ मोटरसाइकल खरीदमा रु २० लाख २६ हजार ४०० र एउटा स्कुटरमा रु एक लाख ७८ हजार ९०० खर्च गरेको देखिएको छ । 

दिपायल सिलगढी नगरपालिकाले रु एक करोड छ लाख ८७ हजार ४८९ मा गाडी खरीद गरेको छ । उक्त नगरपालिकाले रु ३४ लाख आठ हजार ६५० मा १५ मोटरसाइकल खरीद गरेको पाइएको छ । त्यस्तै दुई नगर बसमा रु ५१ लाख ९० हजार, एउटा ट्याक्टरमा रु १६ लाख ३८ हजार ८८४ र सक्सनम ट्याङ्कमा रु चार लाख ५० हजार खर्च गरेको छ । 

बडीकेदार गाउँपालिकाले विभिन्न गाडी खरीदमा रु एक करोड ८१ लाख ७९ हजार १०० खर्च गरेको छ । सो गाउँपालिकामा रु एक करोड २० लाखमा एउटा सडक खन्ने एक्साभेटर, रु ३८ लाख ७० हजारमा एउटा पिकअप जीप र रु २३ लाख नौ हजार १०० मा नौ मोटरसाइकल खरीद गरिएको छ ।

त्यस्तै सायल गाउँपालिकाले गाडी खरीदमा रु एक करोड ५६ लाख १६ हजार २०० खर्च गरेको पाइएको छ । सो गाउँपालिकाले रु सात लाख ४६ हजार २०० मा तीन वटा मोटरसाइकल खरीद गरेको छ । यस्तै महिन्द्रा बोलेरो जीपमा रु २३ लाख ८५ हजार र एक्साभेटरमा रु एक करोड २४ लाख ८५ हजार खर्च गरेको देखिएको छ । 

केआई सिंह गाउँपालिकाले सबैभन्दा धेरै १७ वटा मोटरसाइकल खरीद गरेको छ । मोटरसाइकल खरीदमा रु ३२ लाख ६९ हजार ११५ खर्च भएको छ । यस्तै मिनी टिपरमा रु २० लाख १३ हजार २७४ र जेसिबी खरीदमा रु ४० लाख ९९ हजार ९९९ गरी कूल रु ९३ लाख ८२ हजार ३८८ खर्च भएको छ । 

बोगटान गाउँपालिकाले रु ७६ लाख १३ हजार ८०० गाडी खरीदमा खर्च गरेको छ । उक्त गाउँपालिकाले चार मोटरसाइकल खरीदमा रु नौ लाख ७८ हजार ८०० खर्च गरेको छ । यस्तै डोजर खरीदमा रु ४२ लाख ५० हजार र महिन्द्रा बोलेरो जीप खरीदमा रु २३ लाख ८५ हजार खर्च भएको देखिएको छ ।

जोरायल गाउँपालिकाको गाडी खरीदमा अन्यको स्थानीय तहभन्दा तुलनात्मक रुपमा खर्च कम भएको देखिएको छ । उक्त गाउँपालिकाले रु ५८ लाख ३८ हजार ९९९ गाडी खरीदमा खर्च गरेको देखिन्छ । जोरायलले १० वटा मोटरसाइकल खरीदमा रु २२ लाख आठ हजार ९९९ खर्च गरेको छ । यसैगरी एउटा महिन्द्रा पिकअप जीपमा रु ३६ लाख ३० हजार खर्च गरेको छ । 

आदर्श गाउँपालिकाले रु ५७ लाख २२ हजार ९०० का गाडी खरीद गरेको छ । चौध मोटरसाइकल खरीदमा रु ३३ लाख ३७ हजार ९०० र एउटा महिन्द्रा बोलेरो जीप खरीदमा रु २३ लाख ८५ हजार खर्च देखाइएको छ । स्थानीय तहले खरीद गरेका दुई पाङ्ग्रे सवारी साधनको मूल्यमा एक रुपता देखिएको छैन । एउटै कम्पनीको एउटै मोडलका र एउटै क्षमताका मोटरसाइकल पनि फरक–फरक दरमा खरीद गरिएको पाइएको छ ।

सम्बन्धित समाचार

सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन

काठमाडौं / सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले सबै स्थानीय तहले

स्थानीय तहको बजेट : पूर्वाधार विकासमै जोड

बाँके / बाँकेका आठ वटा स्थानीय तहले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा महत्वाकांक्षी योजनासहित पूर्वाधार विकासलाई बढी जोड दिएका छन् । स्थानीय तहहरुले सामाजिक विकास, आर्थिक, स्वास्थ्य, शिक्षा तथा खेलकूद,

सप्तरीका अधिकांश स्थानीय तहले गर्न सकेनन् परिषद्

सप्तरी । सप्तरी जिल्लामा आवश्यक तयारी नगरेका कारण राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय तहको परिषद् हुन सकेको छैन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आन्तरिक तयारी गर्न नसक्दा परिषद् हुननसकेको हो

डोल्पाका चार स्थानीय तहमा अझै बैंक पुगेन

डोल्पा । डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ ।  स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका


z