लाखौँ मूल्यको मरिच बरामद

खरीबोट

फाइल तस्बीर

गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ बाट प्रहरीले रु २० लाखभन्दा बढीको मरिच बरामद गरेको छ । 

मटिहानी–७ बस्ने महेशप्रसाद साहको पसलबाट रु २० लाख २५ हजार मूल्य बराबरको कागजात नखुलेको मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

साहको पसलमा १८ वटा बोरामा २५ किलोको दरले ४५० किलो मरिच लुकाइछिफाइ राखेको अवस्थामा बरामद गरिएको प्रनाउ खड्काले बताए । 

बरामद गरिएको मरिच भारत तस्करी गर्ने मनसायले राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ भने यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बरामद गरिएको मरिच जिल्ला भन्सार कार्यालय, भिट्ठामोडमा बुझाइएको जिप्रकाले जनाएको छ ।
 

सम्बन्धित समाचार

सुनगोहोरो बरामद

विराटनगर । जङ्गली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई  प्रहरीले कारवाही अघि बढाएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित  पथरी शनिश्चरे नगरपालिका–६ निवासी

गोरखामा गुफामा राखिएको १६ किलो सुन बरामद  

काठमाडौँ । गोरखाको प्रहरीले गुफामा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको छ । धार्चे गाउँपालिका -३ खोर्लाबेशी बजारभन्दा एक किमीमाथि गुफामा बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछिखोलाबाट खटिएको टोलीले बिहीबार

विपी राजमार्गमा शव बरामद

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३  गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला

लाङटाङ राष्ट्रिय निकुञ्जको सर्च अभियान सम्पन्न, पासो बरामद

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आफ्नो कार्यक्षेत्रअन्तर्गतका वन जङ्गलको सर्च अभियान सम्पन्न गरेको छ । महाहन्ट अप्रेशनअन्तर्गत गत फागुनदेखि हालसम्म भएका प्रगतिबारेमा जानकारी दिँदै लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण


z