बूढानिलकण्ठ स्कूल अगाडी इन्भेष्टमेण्ट बैंकको एक्सटेन्सन काउन्टर

खरीबोट

काठमाडौँ । नेपाल  इन्भेष्टमेण्ट बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिकामा आफ्नो १४ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बूढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बूढानिलकण्ठ स्कूलको ठीक बाहिर, पूर्व पट्टि खोलिएको यस काउन्टरले विद्यार्थी एवं शिक्षक लगायत स्थानीय जनतालाई सहज वित्तिय सुविधा प्रदान गर्नेछ ।

यस काउन्टरको उद्घाटन समारोहमा बैंकका कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, बूढानिलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, सो वडाका सदस्य लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको सहभागिता रहेको थियो ।

बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार गर्दै आएको छ र सो काउन्टर अन्र्तगत उपत्यकाको बढ्दो क्षेत्रमा बैंकिङ्ग सहजता पुर्याउने छ तथा प्रख्यात धार्मिक स्थल बूढानिलकण्ठ मन्दिर दर्शन गर्न आउने भतmजनहरुलाई पनि यस काउन्टरबाट सहज पहुँच मिल्ने आशा गरिएको छ । साथै नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले खाँदबारी स्थित शाखालाई सोहि ठाउँको खाँदबारी — १, प्रगतिटोल, संखुवासभामा स्थानतरण गरेको छ ।

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

बैंक अफ द इयर पाँच पटक प्राप्त गरिसकेको एनआइबिएल ले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड अफ एक्सलेन्स ुबेस्ट बैंक २०१८ु अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ए बाट ए प्लसल्याई स्त्तरोनन्ति गरेको छ ।
 

सम्बन्धित समाचार

इन्भेष्टमेण्ट बैंकद्वारा जेबिल्स फाईनान्स प्राप्ति, विशेष साधारण सभाबाट पास

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले जेबिल्स फाईनान्स लिमिटेडलाई प्राप्ति गर्नको लागि विशेष साधारण सभाको आयोजना गरी विशेष प्रस्ताव पारित गरेको छ । शुक्रबार आयोजित विशेष साधारण सभामार्फत विशेष प्रस्ताव पारित

बूढानिलकण्ठ स्कूल अगाडी इन्भेष्टमेण्ट बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । नेपाल  इन्भेष्टमेण्ट बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिकामा आफ्नो १४ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बूढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बूढानिलकण्ठ स्कूलको ठीक बाहिर, पूर्व पट्टि खोलिएको

इन्भेष्टमेण्ट बैंकको केएमसीमा एक्स्टेन्सन काउन्टर र एटीएम

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा  आफ्नो ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ खोलेको छ ।  काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र

बार्षिकोत्सवको अवसरमा इन्भेष्टमेण्ट बैंकमा रक्तदान कार्यक्रम 

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ३३औ वार्षिकोत्सवको दिनपारी आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दरबारमार्गस्थित प्रधान कार्यालयमा विहान ९ बजेदेखि २ बजेसम्म आयोजित कार्याक्रममा ११९ जना सहभागीहरुले रक्तदान गरेका


z