• २०८१ बैशाख ८ शनिबार

बलिवुड गायिका नेहा कक्कड काठमाडौँ आउदै 

kharibot

काठमाडौं । बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् ।

ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।

आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलका अनुसार गायिका ‘नेहा कक्कड लाइभ’ कार्यक्रममा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रवार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउने छिन् ।

कन्सर्टमा कक्कडको ब्याण्डका संगीतकर्मी तथा यसै सिजनको ईन्डियन आईडलका टप टेन प्रतिस्पर्धिहरु समेत कुल १८ जना संगीतकर्मीहरुको समुहले नेहा कक्कड लाइभमा प्रस्तुती दिने बताइएको छ । नेहा कक्कड लाइभमा नेपाली गायक–गायिकाहरुको पनि सहभागिता रहने छ ।

कन्सर्टका आयोजक दीपक घिमिरेका अनुसार कार्यक्रमका लागि अग्रिम बुकिङ प्रारम्भ भैसकेको छ । यसअघि दीपक घिमिरेले बलिउडका लोकप्रिय गायक कुमार सानुलाई नेपाल ल्याएर भव्य सांगीतिक कार्यक्रममार्फत प्रस्तुत गरिसकेको छ ।

ईन्डियन आईडल सिजन–२ मार्फत प्रतिस्पर्धिको रुपमा सांगीतिक यात्रा  प्रारम्भ गर्ने गायिका हुने नेहा कक्कड । उक्त प्रतियोगिताको सहभागितासंगै कक्कडका बलिउड यात्रा समेत प्रारम्भ भएको थियो । सांगीतिक परिवारमा हुर्किएकी कक्कडले पछि ईन्डियन आईडल सिजन–१० मा निर्णायकको रुपमा समेत रहिन् । त्यसबाहेक उनले सारेगमपसहित विभिन्न सांगीतिक रियालिटी शोहरुमा निर्णायकको रुपमा सहभागिता जनाइसकेकी छिन् ।

सन् २००८ मै पहिलो एल्बम रक स्टार सार्वजनिक गरेकी नेहाले हालसम्म दर्जनौं लोकप्रिय गीतहरु गाइसकेकी छ्न् । उनका लोकप्रिय गीतहरुमा इस्मे तेरा घाटा, मिले हो तुम हमको, काला चस्मा, आ“ख मारे, कोकाकोला, नैना, गल्ली गल्ली, दिलवर दिलवर, सावान आया है, धटिङ नाच, लण्डन थुमक्डा, दो पेग मार, मैं तेरा ब्वाइफ्रेण्ड आदि छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै