प्रदेश १ को बजेट अधिवेशन जेठ १३ गतेदेखि

खरीबोट

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन यही जेठ १३ गतेबाट शुरु हुने भएको छ ।

प्रदेश सरकारले यस अधिवेशनमा आर्थिक वर्ष २०७६-७७ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । पहिलो बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ । 

यसअघिका तेस्रो अधिवेशनसम्म २९ वटा विधेयक पारित भएको छ ।

आगामी चौथो अधिवेशनमा प्रदेश निजामती विधेयक, प्रदेश लोकसेवा आयोग र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने सरकारले तयारी गरेको बताइएको छ ।
 

सम्बन्धित समाचार

प्रदेश १ को बजेट ४२ अर्ब २० करोड 

विराटनगर । प्रदेश १ सरकारले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आइतबार आर्थिक वर्ष

कोइराला निवासका सुरक्षाकर्मी सङ्घीय सरकारको निर्णयबाट हटाइयो 

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताएका

प्रदेश १ को नीति तथा कार्यक्रम पारित

विराटनगर । प्रदेश नं १ सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि आज प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४

डेंगुपीडितको उपचार र नियन्त्रणमा ८० लाख विनियोजित

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गरेका छन् । प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि


z