• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश १ को बजेट अधिवेशन जेठ १३ गतेदेखि

kharibot

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन यही जेठ १३ गतेबाट शुरु हुने भएको छ ।

प्रदेश सरकारले यस अधिवेशनमा आर्थिक वर्ष २०७६-७७ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । पहिलो बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ । 

यसअघिका तेस्रो अधिवेशनसम्म २९ वटा विधेयक पारित भएको छ ।

आगामी चौथो अधिवेशनमा प्रदेश निजामती विधेयक, प्रदेश लोकसेवा आयोग र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने सरकारले तयारी गरेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै