• २०८१ बैशाख ८ शनिबार

बैतडी जीप दुर्घटनामा मृतकको संख्या चार पुग्यो

kharibot

बैतडी । जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय प्रकाश भट्टको आज उपचारको क्रममा भारतको बरेलीमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । 

दशरथचन्द नगरपालिका–१० बाराकोटबाट नागार्जुनतर्फ जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार दशरथचन्द नगरपालिका–११ नानीगाडमा दुर्घटना हुँदा दशरथचन्द नगरपालिका–१० बाराकोटका ६० वर्षीय हिराबल्ल भट्ट, उनका सहोदर भाइ ५३ वर्षीय लालमणी भट्ट र लालमणिकी श्रीमती ५० वर्षीय नारुली भट्टको घटनास्थमै मृत्यु भएको थियो ।

जीप चालक नवीन भट्ट र कञ्चनपुरको भीमदत्तनगरका राहुल भट्ट घाइते भएका छन् । नवीनको भारतको पिथौरागढमा तथा राहुलको कञ्चनपुरमा उपचार भइरहेको छ । उनीहरु देवताल मन्दिर दर्शन गर्न जाँदा दुर्घटनामा परेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै