मिडियासम्बन्धी विधेयकको पार्टीमा छलफल भएन : माधव नेपाल 

खरीबोट

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले गत वैशाख २६ गते संसद्मा दर्ता गरिएको मिडियासम्बन्धी विधेयकका विषयमा पार्टीमा छलफल नभएको बताएका छन् ।

उनले पार्टीमा छलफल विना नै विधेयक संसद्मा दर्ता गरिएको हुँदा केही विवाद सिर्जना भएको बताए । प्रेस सङ्गठन दाङको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा उनले विधेयकलाई लिएर पत्रकारले असन्तुष्टि जनाइरहेकाले पत्रकारको हित विपरीत भए सच्याइने पनि उल्लेख गरे । 

उनले पछिल्लो समय सञ्चार संस्थामा देखिएको मनपरीलाई भने सच्याउन आवश्यक रहेको धारणा व्यक्त गरे । 

“मनपरी लेख्नेलाई नियन्त्रण गर्न जरुरी छ, तर सञ्चार क्षेत्रलाई नै असर पुग्ने गरी विधेयक आउदैन”, उनले भने, “पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएको विकृतिलाई रोक्नका लागि पत्रकारका नेता र राज्यका निकाय अग्रसर हुनुपर्छ ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले आफ्नै बारेमा पनि पटक पटक पत्रकारहरुले गलत सूचना दिने, गलत टिप्पणी, विश्लेषण गरेकाप्रति असन्तुष्टि जनाउँदै केही सञ्चारकर्मीले गरेको गलत कामको सजाय सबैले पाउन नहुनेमा जोड दिए ।  

देशको पछिल्लो अवस्थाका बारेमा कुरा गर्दै उनले भने, “जहाँसुकै बर्बाद भयो, भत्कियो, काम भएन, विकास भएन भन्नेको जमात बढेको छ, तर काम गरेको देख्ने प्रवृति छैन ।” उनले प्रतिपक्षलाई पनि कहिलेकाही सकारात्मक चिन्तनको विकास गरी जनतामा सही सन्देश लैजान आग्रह गरे । सत्ता पक्षको विरोध गर्ने नाममा मनपरी बोल्ने र गलत सन्देश लैजाने परिपाटी ठिक नभएको उनको भनाइ थियो । 

उनले प्रतिपक्षी नेता कार्यकर्ताले राम्रोलाई राम्रो भन्दैमा प्रतिपक्षको अस्तित्व समाप्त नहुने उल्लेख गर्दै सत्य र यर्थाथ बोल्नेको उचाइ झनै बढेर जाने बताए ।

नेकपामा भइरहेको पार्टी एकताको विषयमा नेता नेपालले पाटीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरका एकता प्रक्रिया टुङ्गिए पनि अन्य तमाम काम गर्न बाँकी रहेको जानकारी दिए । 

उनले एकता प्रक्रियामा केही कमी कमजोरी एवं ढिलाइ भए पनि आत्ति हाल्नुपर्ने स्थिति नरहेको बताए ।
 

सम्बन्धित समाचार

कास्कीका ७२ वडामा नेकपाको पार्टी नेतृत्व चयन

कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सङ्गठन कमिटी कास्कीले पोखरा महानगरपालिकासहित जिल्लाका पाँच वटै स्थानीय तहका ७२ वडामा पार्टीको नेतृत्व चयन गरेको छ ।  पूर्व नेकपा एमाले र माओवादी केन्द्रका

आन्दोलनका नेता गुमायौँ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उनले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पुर्याएको योगदान

आलोपालो नेतृत्वको विषयमा छलफल भएको छैन : उपप्रधानमन्त्री पोखरेल

विराटनगर । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले मिडिया काउन्सिल विधेयक परिमार्जन नहुने बताएका छन् । विराटनगरमा सोमबार पत्रकारसँगको कुराकानीमा उनले विधिसम्मत ढंगले संसदमा प्रस्तुत भइसकेको काउन्सिल विधेयकमा छलफल हुने र

तरुणदलका क्षेत्रीय सचिवसहितका कार्यकर्ता नेकपामा प्रवेश

गोरखा । नेपाल तरुणदलका क्षेत्रीय सचिव भरतप्रसाद रेग्मीसहित नेपाली काङ्ग्रेस र समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । जिल्लाको शहीद लखन गाउँपालिका–८ मा


z