आगामी बर्षको बजेटले विकासको गियर बढाउछ – प्रधानमन्त्री ओली 

खरीबोट

धादिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् ।

धादिङको गल्छीमा आज मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रष्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ ” प्रधानमन्त्री ओलीले भने, “देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्याउछ । तीनमा छ भने चारमा पुर्याउछ ।” 

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथर देखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताएका छन् । 

“हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं ” प्रधानमन्त्री ओलीले भने,“सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ ।”

प्रधानमन्त्री ओलीले सरकारले विकास,शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको बताए । “सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन  विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ ” प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको बताए । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी केही बर्ष भित्रै नेपाललाई तिव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौं ” प्रधानमन्त्री ओलीले भने ।
 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा

संबिधान राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज हो – प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन् ।  संविधान दिवस-राष्ट्रिय दिवश मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजक लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।  ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक पहिलोपटक आह्वान गरेका हुन् । बैठक साँझ पाँच बजे

प्रधानमन्त्री ओली फलोअप उपचारका लागि विहिबार सिंगापुर जादै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि फेरी सिंगापुर जाने भएका छन् । यसअघि गत साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ का विहिबार सिंगापुर जान लागेका


z