• २०८१ बैशाख ४ मंगलबार

सिके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता 

kharibot

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी आज सोमबार निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको छ ।

खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ बैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए ।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार सोमबार आयोगले वैधानिक रुपमा पार्टी दर्ता गरेपछि सो दलले थप काम अगाडि बढाउने छ ।

गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेपछि राउत नेतृत्वको समूहले ‘जनमत पार्टी’ नामको दल सञ्चालन गरेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै