• २०८१ बैशाख १४ शुक्रबार

जोसे मोरिन्होलाई युभेन्टस लैजान रोनाल्डोको पहल ! 

kharibot

काठमाडौं । इटालियन फुटबलको महारथी युभेन्टसको प्रमुख प्रशिक्षक मासीमिलियानो अल्लेग्रीले क्लब छोड्ने घोषणा गरेसँगै अब क्लबको प्रशिक्षक को बन्छ भन्ने विषय अहिले चर्चाको विषय बनेको छ । 

अल्लेग्रीको ठाउमा अहिले विभिन्न नाम चर्चामा रहेको पाइन्छ । चेल्सीका प्रशिक्षक मौरिजियो सारी, नापोलीका प्रशिक्षक कार्लो एन्सेलोटी, चेल्सी कै पुर्व प्रशिक्षक एन्टोनियो कोन्टे जस्ता नामहरु चर्चामा रहेका छन् ।

यसैबीचमा युभेन्टसक प्रमुख खेलाडी रहेका क्रिस्टियानो रोनाल्डोले हाल कुनै क्लबमा आवद्ध नभएका चर्चित प्रशिक्षक जोसे मोरिन्होलाई क्लबमा भित्राउन सल्लाह दिएको इटालियन मिडियाले उल्लेख गरेका छन् । ला गाजेटा डेल्लोले रोनाल्डोले मोरिन्होलाई भित्राउने सल्लाह क्लब व्यवस्थापनलाई दिएको उल्लेख गरेको छ ।

जोसे मोरिन्हो गत डिसेम्बरमा म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेदेखी कुनै क्लबसँग आवद्ध रहेका छैनन् । विभिन्न क्लबमा जाने हल्ला चले पनि मोरिन्हो अहिलेसम्म खाली नै रहेका छन् ।

इटालीमा मोरिन्होको रेकर्ड भने निकै राम्रो रहेको छ । सन् २००८ देखि २०१० सम्म इन्टर मिलानको प्रशिक्षक बनेका मोरिन्होले इन्टर मिलानलाई दुवै सिजन सिरी ए को उपाधि र च्याम्पियन्स लिग समेत जिताएका थिए ।

मिडिया रिपोर्टका अनुसार युभेन्टस व्यवस्थापनले हाल नापोलीका प्रशिक्षक रहेका कार्लो एन्सेलोटीलाई भित्राउने इच्छा व्यक्त गरे पनि रोनाल्डो भने उनलाई ल्याउन नहुने पक्षमा रहेको बताइएको छ । यसै रिपोर्टको आधारमा कार्लोले आफुले नापोली नछोड्ने समेत बताई सकेका छन् ।

मोरिन्होलाई सेल्टिक, लियोन जस्ता क्लबले अफर गरेको समेत रिपोर्ट आइरहेका बेला युभेन्टसले अफर गरेमा मोरिन्हो इटाली फर्किने विश्वास गरिएको छ ।

एकै देश पोर्चुगल कै रोनाल्डो र मोरिन्हो यसअघि रियल म्याड्रिडमा समेत सँगै रहेका थिए । रियल म्याड्रिडमा रहदा त्यति राम्रो भने गर्न सकेका थिएनन् । मोरिन्होले रियलसँग एक सिजन ला लिगा जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै