• २०८१ बैशाख ६ बिहीबार

विश्वकप खेल्ने टिमबाट बाहिर भएपछि जुनैदको यस्तो विरोध !

kharibot

काठमाडौं । पाकिस्तानको विश्वकप टिमबाट बाहिर भएपछि तिब्र गतिका बलर जुनैद खानले मुखमा कालो पट्टि बाधेर विरोध गरेका छन् ।

सोमबार पाकिस्तानी क्रिकेट बोर्डले विश्वकप खेल्ने आफ्ना १५ सदस्यीय टिममा तीन खेलाडी परिवर्तन गर्दा जुनैद बाहिरिएका थिए ।

उनले सामाजिक संजालमा सत्य तितो हुन्छ, यसबारे म केहि बोल्दिन भन्दै मुखमा कालो टेप लगाएको तस्वीर सार्वजनिक गरेका थिए । तर पछि उनले सो पोस्ट हटाएका छन् ।

हालै इङल्याण्डमा भएको एकदिवसीय सिरिजका सबै खेलमा पाकिस्तान पराजित भएपछि बोर्डले तीन खेलाडी परिवर्तन गरेको थियो । 

यस अघि टिममा नपरेका तिब्र गतिका बलर मोहमद आमिर, वहाव रियाज र आसिफ अलीलाई टिममा समावेश गरिएको छ ।

आमिर, रियाज र अली टिममा समावेश भएपछि उनीहरुको सट्टामा जुनैद खान, फहीम अशरफ र अबिद अली विश्वकप टिमबाट बाहिर भएका छन् ।       

आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि पाकिस्तानको कप्तानमा सरफराज अहमद रहेका छन् । 

पाकिस्तानको विश्वकप खेल्ने खेलाडीहरुमा सरफराज अहमद (कप्तान), वहाव रियाज, बबर आजम, आसिफ अली, फाखर जमान, हरिस सोहेल, हसन अली, इमाद वाशिम, इमाम उल हक, मोहमद आमीर, मोहमद हाफिज, मुहमद हसनैन, शदाब खान, शाहीन शाह अफ्रिदी र शोएब मल्लिक रहेका छन् ।

विश्वकपमा पाकिस्तानले आफ्नो पहिलो खेल मे ३१ मा वेस्टइन्डिजविरुद्ध खेल्दै छ । यसअघि सम्पन्न ११ पटकको विश्वकपमा पाकिस्तानले सन् १९९२ मा अहिलेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नेतृत्वमा विश्वकप जितेको थियो ।

त्यस्तै पाकिस्तान सन् १९९९ मा विश्वकपको फाइनलमा पुगेर अस्ट्रेलियासँग पराजित भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै