सगरमाथा आरोहणमा कामी रिताको किर्तिमान, २४औँ पटक सफल आरोहण 

खरीबोट

काठमाडौँ । साहसिक आरोही कामीरिता शेर्पाले २४औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सोलुखुम्बु थामेका शेर्पाले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको २४औ पटक सफल आरोहण गरेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका ज्ञानेन्द्र श्रेष्ठले खरीबोटलाई जानकारी दिएका छन् ।

कामी रिताले यहि जेठ १ गते बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

कामी रिताले यसै सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै किर्तिमानलाई तोडेका छन् ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।

कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् । 

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए ।

बौद्ध धर्मअनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताएका थिए ।

यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।

सम्बन्धित समाचार

यस यामको सगरमाथा आरोहण गर्ने भारतीय धेरै

काठमाडौँ । सन् २०१९ को वसन्तयाममा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेमा सबैभन्दा धेरै छिमेकी मुलुक भारत र चीनका आरोही रहेका छन् । पर्यटन विभागका अनुसार भारतका ६१ र चीनका ५४ जना

कान्छा शेर्पाको पहिलो सगरमाथा आरोहणको स्मरण : ‘डोरी, गम्छा बाधेर चढियो’

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणको बढ्दो आकर्षण र विभिन्न किर्तिमानी कायम गर्ने प्रतिस्पर्धा चलिरहेको छ । आरोहण इतिहासको नयाँ नयाँ किर्तिमानसँगै आठ हजारको संख्यामा आरोही सगरमाथाको चुचुरो चुम्न सफल

यसबर्ष ६ सय ५९ जनाले गरे सगरमाथा आरोहण

काठमाडौँ । सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी

सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा सगरमाथाको चुचुरोमा

काठमाडौँ । सिटी एक्सप्रेसको झन्डा सर्वोच्च सिखर सगरमाथामा फहराएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग आबद्ध लोप्सङ्ग रेमिटान्सका संस्थापक, हटिया—०३, संखुवासभा निवासी २६ बर्षिय जेनजेन लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता


z