• २०८१ बैशाख ४ मंगलबार

सगरमाथा आरोहणमा कामी रिताको किर्तिमान, २४औँ पटक सफल आरोहण 

kharibot

काठमाडौँ । साहसिक आरोही कामीरिता शेर्पाले २४औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सोलुखुम्बु थामेका शेर्पाले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको २४औ पटक सफल आरोहण गरेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका ज्ञानेन्द्र श्रेष्ठले खरीबोटलाई जानकारी दिएका छन् ।

कामी रिताले यहि जेठ १ गते बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

कामी रिताले यसै सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै किर्तिमानलाई तोडेका छन् ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।

कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् । 

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए ।

बौद्ध धर्मअनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताएका थिए ।

यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै