पाँचथरको आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या

खरीबोट

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ ।

घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिए । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरे ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ ।

प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीसमेत घटनास्थलमा पुग्न लागेको पौडेलले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय रविबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ ।
 

सम्बन्धित समाचार

सिंहदरबारभित्र कर्मचारीले गरे आत्महत्या !

काठमाडौं । राष्ट्रिय योजना आयोगका एकजना कर्मचारीले सिंहदरबारमै आत्महत्या गरेका छन् ।  कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना आयोगको कार्यालयको सानो

स्यान्डविच ढिला दिएपछि वेटरको गोली हानी हत्या 

फ्रान्स । पेरिसको एक बाहिरी क्षेत्रमा पिज्जा र स्यान्डविचको एक रेस्टुरेन्टमा ग्राहकले वेटरलाई गोली हानी हत्या गरेका छन् । वेटरले स्यान्डविच ल्याउन ढिला गरेकाले उनको हत्या गरिएको बताइएको छ ।  पेरिसको

श्रीमान्को हत्याराबाट पैसा असुल्ने पक्राउ

भोजपुर । श्रीमान्को हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् ।  घटनामा संलग्न

पुडासैनी आत्महत्या प्रकरण : अनुसन्धान ब्यूरोको टोली पनि चितवनमा

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन काठमाडौँबाट प्रहरीको विशेष अनुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो । अनुसन्धानमा थप सहयोग पुर्याउनका


z