• २०८१ बैशाख ७ शुक्रबार

ट्वाइलेटमा मोबाइल प्रयोग गर्ने बानी छ ?  हुनसक्छ हानिकारक !

kharibot

काठमाडौँ । आज भोलि स्मार्ट फोनले हामी सबैको जीवनशैली नै परिवर्तन गरिदिएको छ । सामान्यतया जुनसुकै काम गर्दा पनि हातमा मोबाइल चलाउनुलाई समान्य रुपमा नै लिने गरिन्छ तर हाम्रो दिन चर्यामा कुनै समय यस्ता हुन्छन जति बेला मोबाइलको प्रयोग हानिकारक हुन सक्दछ ।

हामी मध्ये धेरै जसोको ट्वाइलेट जाँदापनि मोबाइलको प्रयोग अग्रने बानी भएको देखिन्छ ट्वाइलेटमा बसेर मोबाइलमा सामाजिक सञ्जाल, समाचार हेर्ने पढ्ने बानीलाई सामान्य रुपमा लिन सकिन्छ तर यसले तपाइँ हाम्रो स्वास्थ्यमा कति असर गरिरहेको छ भन्ने पनि जान्नु अति जरुरी रहेको छ ।

पहिलो कुरा त मोबाइल ट्वाइलेटमा लिएर जाँदा ट्वाइलेटमा भएका ब्यक्टोरिया मोबाइलमा टासिने गर्दछन । ट्वाइलेटबाट बाहिरिदा तपाइले हात त धुनुहुन्छ तर मोबाइलमा टासिएका ब्याक्टोरिया फेरी तपाइको हातमा आउछन र उनीहरुले तपाइको स्वास्थ्यमा असर पुरयाउछन् । अझ सार्वजनिक ट्वाइलेट प्रयोग गर्दा भने यसको असर अझ बढी हुन् सकिन्छ ।

हामीले मोबाइल प्रयोग गर्दा मोबाइल तातो हुने हुदा ब्याक्टोरियाको विकास हुने सम्भावना झन् बढी हुन्छ । त्यस्तै हामीले खान खाने बेलामा मोबाइल प्रयोग गर्ने गरिन्छ त्यस बेला हाम्रो हातमा लागेको तेल वा अन्य चिल्लो पदार्थ मोबाइलमा लाग्दा ति ब्याक्टोरिया फैलिने सम्भावना झन् बढी हुन्छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै