• २०८१ बैशाख ४ मंगलबार

ऐश्वर्याको 'मेमे' शेयर गर्दा विवेक ओबराय विवादमा !

kharibot

मुम्बई । बलिवुड अभिनेता विवेक ओबराय फेरी विवादमा परेका छन् ।

विवेक ओबरायले सामाजिक संजालमा पोष्ट गरेको ऐश्वर्या राय बच्चनसम्बन्धि 'मेमे' का कारण विवादमा परेका हुन् । 'मेमे' मा भारतको लोकसभा निर्वाचनको एक्जिट पोललाई व्यंग्य गर्दै ऐश्वर्याको 'मेमे' बनाइएको थियो ।

'मेमे' मा ऐश्वर्यालाई सलमानसँग प्रि-पोल, विवेक ओबरायसँग एक्जिट पोल र अभिषेक बच्चन र आराध्यासँग मत परिणाम' उल्लेख गरिएको थियो, जसलाई विवेक ओबरायले आफ्नो ट्वीटर एकाउन्टमा शेयर गरेका थिए ।

विवेकको सो ट्वीटपछि एक महिलाको अपमान गरेको भन्दै बलिवुडका सेलिब्रेटीले ट्वीटरबाटै सो ट्वीट डिलेट गर्न र माफी माग्न आग्रह गरेका थिए । चर्चित निर्देशक मधुर भण्डारकर, अभिनेत्री सोनम कपुर लगायतले विवेकको सो पोष्ट अपमानजनक भएको भन्दै आपत्ति जनाएका थिए ।

सो लगत्तै विवेक ओबरायले आफुले कहिल्लै महिलाको अपमान नगरेको भन्दै सो पोष्ट डिलेट गरेका थिए । विवेकले आफ्नो जीवनमा २ हजार भन्दा बढी असहाय बालिकालाई सहयोग गरेको भन्दै आफुले कुनै महिलाको अपमान गर्ने मनसायले सो पोष्ट नगरेको जनाउदै सो पोष्ट हटाएको र माफी मागेका छन् ।                                      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै