• २०८१ बैशाख ७ शुक्रबार

भारतीय टाटा मोटर्सको त्रैमासिक नाफामा व्यापक गिरावट

kharibot

मुम्बई । भारतीय कार निर्माण कम्पनी टाटा मोटर्सको त्रौमसिक नाफामा ४७ प्रतिशतले गिरावट आएको उक्त कम्पनीले सोमबार जनाएको छ ।

टाटाको आरामदायी ज्यागुअर ल्याण्ड रोभर कारका कारोबारमा चिनियाँ बजारका साथै अन्य विदेशी बजारमा आएको सुस्तता टाटाको नाफा प्रतिशत घट्नुको प्रमुख कारक भएको कम्पनीको निष्कर्ष छ ।

बेलायत तथा अमेरिकामा टाटाको कारोबार राम्रो भएको तर चीनमा अनपेक्षित रूपमा कमी देखिएको कम्पनीको भनाइ छ । टाटाको ज्यागुअर ल्याण्ड रोभरका लागि चीन प्रमुख बजार हो ।

टाटाको सन् २०१९ को शुरूवाती तीन महिना अर्थात् मार्च ३१ सम्मको नाफा ११ अर्ब १७ करोड भारतीय रूपैयाँ रहेको छ । अघिल्लो बर्ष सोही समयमा टाटाको नाफा २१ अर्ब २५ करोड अमेरिकी डलर रहेको कम्पनीको धितो बजार मूल्याङ्कनका लागि जारी विज्ञप्तिमा उल्लेख छ ।

“ज्यागुअर ल्याण्ड रोभरको चिनियाँ बजारमा आगामी दिनमा पनि सन्तोषजनक कारोबार नरहने वा वर्तमान् चुनौति कायम रहने छ,” टाटा मोटर्सका अध्यक्ष एन चन्द्रशेकरनले बताए ।

“कारोबारका हिसाबले चुनौतिपूर्ण बाहिरी अवस्थालाई समाधान गर्दै कम्पनीलाई थप नाफा दिलाउनका लागि हामीले निर्णयात्मक तथा प्रतिस्पर्धात्मक रणनीति निर्माण गरी अघि बढ्दैछौँ,” उनले थपे ।

कारोबारमा देखिएको सुस्ततासँगै टाटाले भारतीय अर्थतन्त्रमा गर्दै आएको योगदानमा पनि सामान्य प्रभाव परेको कम्पनीको भनाई रहेको छ ।

टाटा मोटर्सको नाफामा देखिएको न्यूनताका बाबजुद पनि चियादेखि स्टिलजस्ता सामानको भारतीय उत्पादक कम्पनी टाटाको बम्बई स्टक एक्चेन्जमा सोमबार शेयर मूल्यमा ७.५३ प्रतिशत वृद्धि भउको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै