सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१०, यस्ता छन् विशेषता 

खरीबोट

काठमाडौँ । दुइपाङ्ग्रे र तिनपाङ्ग्रे सवारी साधनउत्पादनमा टिभीएस विश्वमा नै प्रसिद्ध नाम हो । टिभिएसको सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० को लोकप्रियता बढिरहेको छ ।

गत भदौमा नेपालमा लन्च गरेको अपाचे आरआर ३१० लाई नेपाली मोटरसाइकलका पारखीले निकै रुचाएको देखिएको छ । यस रिपोर्टमा अपाचे आरआर ३१० का केहि विशेषताबारे चर्चा गर्न खोजिएको छ ।       

टिभीएस मोटर कम्पनीको, टिभीएस अपाचे आर आर ३१०, टि भी एस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति हो । टिभीएस अपाचे आर आर ३१०, आकर्षक डिजाइन, सुपर शक्तिशाली इन्जिन, सर्वोउत्कृस्ट पर्फर्मेन्स र राइडिड्ड डाइनामिक्सले भरिपूर्ण मोटरसाइकलहो. रेजर सार्प ह्याण्डलिङ्ग र सुपेरियर प्रविधि भएको मोटरसाइकल हो ।

 

टिभीएस अपाचे आरआर ३१०, ३१२ सीसी  सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन, जसमा ३४ पीएस २९७०० आरपीएम र २७.३ एनएमआर पीएम रहेको छ ।

सटिक रेस शिफ्टको अबुभव गर्न सकिने ६–स्पिड गियर बक्स भएको यो मोटरसाइकलको अधिकतम स्पिड १६० किलोमिटर प्रति घण्टा रहेको छ जसले ०–६० किलोमिटर प्रति घण्टाको स्पिड मात्र २.९ सेकेन्डमा पुरा गर्दछ । एडभान्स एरोडाइनामिक्स प्याकेज  यो सेगमेण्टको मोटर साइकलमाकमै मात्र प्रयोग गरिएको छ । 

त्यस्तै टिभिएस रेसिङको ३५ वर्ष लामो निरन्तर परिश्रमपछि टिभिएस अपाची ३१० एक नयाँ स्वरुपका साथ बजारमा आएको हो । सिधा बाटोमा बाइकको शक्तिको प्रभाह बढाउन लाइट वेट ट्रेलिस फ्रेम चेसिस, घुम्तिमा बाइकको गतिमा असर नपर्न फ्लेक्सको प्रयोग गरिएको छ । जसले गर्दा बाइकको गतिशीलतालाई कायम राख्छ बहने यस बाइकको बर्गमा पर्ने अन्य बाइक भन्दा यसलाई राम्रो बनाउछ ।

 

यस बाइकमा रिभर्स इन्काइन डिओएचसी इन्धन र एलसीओसी प्रविधिको समीश्रण पाइन्छ । यसको कम्प्याक्ट लेआउटले सहि पावर तो वेट अनुपात र वजन केन्द्रिकरणमा मदत गर्दछ ।

टिभिएस.अपाचीआर आर ३१० निकै आकर्षक र स्पोर्टि डिजाइन देखिने गरि उत्पादन गरिएको छ जसमाउत्कृट कुषलता छ र चलाउदा निकै आरामदाय बनाउछ । 

यसमा भएको  थर्मल म्यानेजमेन्ट सिस्टम र स्पेसल गिल प्रोफाइलले चालकको खुट्टामा पर्ने तातोपनालाई बचाउछ र इन्धनको तातोपनालाइ चिसो बनाउन मद्दत गर्दछ ।

यस बाइकमा मोटो जीपी विषेशज्ञद्वरा जाँच र ट्युन्ड गरिएको रेस स्पेक केवाइबि सस्पेन्सन जडान गरिएको छ । यस बाइकमा एन्टी लक बार्किंग सिस्टम र इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम रहेको छ । 

यो मोटरसाइकल रेसिङ रेड र सिनिस्टर ब्ल्याक गरि दुइ आकर्षक रङमा पाइनेछ ।  नेपाली बजारमा यस बाइकको मुल्य ७ लाख ७९ हजार ९ सय रहेको छ ।   
 

सम्बन्धित समाचार

तनहुँमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मादी पुल नजिक गए राति मोटरसाइकल दुर्घटना हँुदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने २० वर्षीय सुरेन्द्र रसाइली रहेको जिल्ला

गुडिरहेको मोटरसाइकलबाट खस्दा युवतीको मृत्यु

काठमाडौँ । गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजीक आइतबार बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीय रानी श्रेष्ठको मृत्यु भएको हो ।  महानगरीय

काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग आज बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चितवन । चितवनमा सवारी दुर्घटना हँुदा आज एक जनाको मृत्यु भएको  छ ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९  सेती दोभान भन्ने  स्थानमा रौतहटबाट काठमाडौँतर्फ जाँदँै गरेको ना ८ख २२८४ नं को ट्रक


z