नगर प्रहरीद्वारा दश हजार मोटरसाइकल कारवाहीमा

खरीबोट

काठमाडौँ । नगर प्रहरीले काठमाडौँका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ ।

नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो ।

नगर प्रहरी महाशाखा बग्गीखानाका प्रहरी नायब निरीक्षक श्यामप्रसाद तिमल्सेनाले ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको मोटरसाइकल तथा स्कुटरलाई नगरपालिकाको गाडीमा बग्गीखाना ल्याएर कारवाही गर्ने गरेको बताए । “दैनिक ५० देखि ८० मोटरसाइकल तथा स्कुटर कारवाही गर्दै आएका छौँ”, उनले भने ।

नगर प्रहरीले यसरी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई कागजपत्र हेरेर रु एक हजार जरिवना गर्दै आएको छ । नगर प्रहरीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म रु ९७ लाख २५ हजार राजश्वसमेत सङ्कलन गरेको छ । नगर प्रहरीले जथाभावी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणका लागि १५ नगर प्रहरी खटाएको छ भने उनीहरुलाई ट्राफिक प्रहरीले सहयोग गर्दै आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने मोटरसाइकल तथा स्कुटरलाई मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन कारवाही, हर्न कारवाही, सिसी क्यामरा कारवाही, हेल्मेट नलगाउनेलाई कारवाही गर्दै आएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीसँगै उपत्यकाको सवारी दुर्घटनामा कमी आउने बताए ।

“सडक सवारीका लागि र फुटपाथ सर्वसाधारणका लागि भएकाले फुटपाथमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गरेका हौँ,” उनले भने । यातायात व्यवस्था विभागका अनुसार २०७५ फागुनसम्म काठमाडौँ उपत्यकामा नौ लाख २१ हजार ९१७ मोटरसाइकल तथा स्कुटर सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचार

रवि लामिछानेकी पत्नी निकिताले पनि प्रहरीमा जाहेरी दिदै 

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले यस प्रकरणमा विद्युतीय प्रमाण किर्ते गर्नेका विरुद्ध जाहेरी दिने बताएकी छन् । सामाजिक संजालमार्फत सो जानकारी

गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ । गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र  प्रहरी महानिरीक्षक सर्वेन्द्र

रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप 

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका न्यू २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन् । प्रर्दशनका क्रममा निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रर्दशनकारी

प्रेमिकाकै अगाडि प्रहरीले गरे आत्महत्या

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भर्याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको आशङ्का प्रहरीको छ । महानगरीय प्रहरीवृत्त स्वयम्भूका


z