एनआरएनए अमेरिकाको अध्यक्षमा सुनिल शाह

खरीबोट

वाशिंगटन । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी भएका छन् । निर्वतमान वरिष्ठ उपाध्यक्ष शाह ३ हजार ७११ मतले विजयी भएका हुन् ।

शाहका प्रतिस्पर्धी सूर्य लम्सालले २ हजार ७९७ मत ल्याए भने संजय थापाले १ हजार ५५४ मत ल्याएका छन्। 

त्यस्तै वरिष्ठ उपाध्यक्षमा पदमा तीन प्रतिस्पर्धीलाई पाखा लगाउँदै डा.अर्जुन बन्जाडे विजयी भए । वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा अमृत सापकोटा, नारायण कँडेल र इन्दिरा त्रिपाठी थिए । अध्यक्षको उम्मेदवारी घोषणा गरेपनि अन्तिम समयमा शाह समूह मामिलेर चुनाव लडेका बन्जाडेले २ हजार ९४९ मतले विजयी भए । 

त्यसैगरी शाहकै समूहबाट महासचिवमा पशुपति पाण्डे विजयी भएका छन् । महासचिवको प्रतिस्पर्धीमा गोपन्द्र भट्टराई र अन्जनकुमार चौलागाई थिए । 

क्षेत्रिय उपाध्यक्षहरुमा मिडवेष्टबाट बुद्धिसागर सुवेदी विजयी भएका छन् । नर्थइष्टबाट उपाध्यक्षमा बाबुराम लामा, साउथ उपाध्यक्षमा कृष्णजिवि पन्त, वेष्ट उपाध्यक्षमा सर्वज्ञ वाग्ले विजयी भएका छन् ।

त्यस्तै सचिवमा अमृत बाबु कट्टेल विजयी भएका छन् । यसैगरी कोषाध्यक्षमा नेत्रप्रसाद पोखरेल विजयी भए ।

सह–कोषाध्यक्षमा कुमार बिष्ट विजयी भएका छन्। महिला संयोजकमा दिक्षा बस्नेत विजयी भइन् भने युवा संयोजकमा बिनोद रुवाली विजयी भएका छन् । 

यस्तै १२ जना बोर्ड सदस्यका लागि भएको निर्वाचनमा छत्रा गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, सत्यनारायण चौधरी, चित्रा कार्की, धर्मा विश्वकर्मा, खिमबिक्रम भट्टराई, अम्मरबहादुर छन्त्याल, चेतप्रसाद पौडेल, जीवनकुमार जोशी, पदमबहादुर ठकुराठी, बासुदेव अधिकारी, तिलक केसी विजयी भएका छन् ।

अन्तर्राष्ट्रिय समन्वय समितिसदस्यमा तृष्णा शर्मा, जेदुनाथ पोखरेल, शंकर खड्का, शिवराज पौडेल, होमनाथ गौतम र स्वराज खाती विजयी भएका छन् । 
 

सम्बन्धित समाचार

एनआरएनए  स्कटल्याण्डद्वारा  रास्कोट अस्पताललाई सहयोग 

स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ । एनआरएनए  स्कटल्याण्डका अध्यक्ष  मोहन कार्कीले  गत मार्च महिनामा एनआरएनए स्कटल्याण्डले  आयोजना गरेको हिल वाक कार्यक्रमबाट

गैरआवासीय नेपालीद्धारा एनआरएन फेमली कार्डको सुरुवात

काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएन) ले फेमली कार्डको सुरुवात गरेको छ । संघले एनआरएनका पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी एनआरएन फेमली कार्डको औपचारिक सुरुवात गरेको हो । गैरआवासीय

एनआरएनए अमेरिकाको अध्यक्षमा सुनिल शाह

वाशिंगटन । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी भएका छन् । निर्वतमान वरिष्ठ उपाध्यक्ष शाह ३ हजार ७११ मतले विजयी भएका हुन् । शाहका प्रतिस्पर्धी सूर्य

एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्य रुपमा सम्पन्न

स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल,  स्टरलिङमा  आइतबार आयोजना गरेको ‘हिल वाक’ इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जनाभन्दा बढी सहभागिता रहेको एनआरएनए


z