मुम्बई । बाहुबली फेम प्रभासको नयाँ फिल्म साहोमा आगामी अगष्ट १५ मा रिलिज हुने भएको छ ।
साहो हिन्दी भाषासहित तमिल र तेलेगुमा पनि बनेको छ भने फिल्मलाई सुजिथले निर्देशन गर्दैछन् ।
फिल्ममा प्रभासको अपोजिट श्रद्धा कपुरले अभिनय गरेकी छन् ।
फिल्मको भारतका अलावा आबुधाबी र रोमानियामा पनि सुटिंग गरिएको छ । फिल्ममा शंकर एहसान लोयले संगीत दिएका छन् ।
फिल्मको लागत साढे २ सय करोड रहेको छ भने फिल्मलाई टी-सिरिज, धर्मा प्रोडक्सनले निर्माण गरेका हुन् ।
प्रभासको बाहुबलीको दुई सिरिजपछि पहिलो फिल्म भएकाले यो फिल्मको राम्रो हाइप रहेको फिल्म विश्लेषकहरुले बताएका छन् ।
फिल्ममा प्रभास र श्रद्धाका अलावा निल नितिन मुकेश, जैकी श्राफ, चंकी पाण्डे, महेश मंजेरकर, अरुण विजयलगायतका कलाकारको अभिनय रहेको छ ।