काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधि सभामा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न फेरी माग गरेको छ ।
राजपाका महेन्द्र राय यादवले प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ बोल्दै सरकारले सभामुखको रूलिंग समेत नमानेको भन्दै सरकारको आलोचना गरेका छन् ।
सरकारले प्रतिवेदन सार्वजनिक नगर्नुको कारण अहिलेसम्म बुझ्न नसकेको भन्दै निर्दोषहरु अहिले पनि जेलमा रहेको बताए । यादवले प्रतिवेदन सार्वजनिक नहुदा निर्दोष जेलमा रहेको बताउदै सभामुखले फेरी एक पटक रुलिंग गर्न माग गरेका थिए ।
संबिधान संशोधनको माग अझै पुरा हुन नसकेको भन्दै यादवले संबिधान संशोधनको विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने माग गरे ।
यादवले समयमै आफ्ना मागको सुनुवाई नभए आफुहरु आन्दोलनमा जाने यादवले चेतावनी दिए ।
यादवको धारणापछि सभामुख कृष्णबहादुर महराले राजपाका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए ।