अठचालीस मेनपावरको कारोवार बन्द

खरीबोट

काठमाडौँ । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोवार बन्द गरेको हो ।

विभागले पहिलो चरणमा गत वैशाख २३ देखि २९ गतेसम्म इजाजत प्राप्त मेनपावरको सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएकामा विवरण अध्यावधिक नगरिएकाले यही जेठ ३ गतेसम्म म्याद थप गरेको थियो ।

कारोवार बन्द भएसँगै ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि कार्य गर्न पाउने छैनन् । विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २७२ मात्र सञ्चालनमा छन् । विभागले नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरिसकेको छ ।

सम्बन्धित समाचार

अठचालीस मेनपावरको कारोवार बन्द

काठमाडौँ । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोवार बन्द

मेनपावर कम्पनीको विवरण अद्यावधिक गर्न अन्तिम पटक समय थप

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजाजत प्राप्त मेनपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक समय थप गरेको छ ।  विभागले इजाजत प्राप्त मेनपावर कम्पनीलाई यही वैशाख २३ देखि २९ गतेसम्म

बिदेशमा बस्ने नेपालीहरुलाई लगानीको अवसर : बार्षिक १० प्रतिसत व्याजमा बैदेशिक रोजगार बचतपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीका क्रमममा बिदेशमा रहेका नेपाली नागरिकहरुलाई लगानीको अवसर दिएको छ । पछिल्लो समय बैदेशिक रोजगारीबाट प्राप्त आय (रेमिटेन्स) को प्रयोग अनुत्पादन क्षेत्रमा हुने क्रम बढेपछि

मेनपावर नभई ‘एजेण्ट’सँग बढी आर्थिक कारोबार

सप्तरी । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ ।  वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले


z