• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा चार अंकको सुधार

kharibot

काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्से बढेपनि कारोवार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

नेप्से आज चार दसमलव ४२ अंकले बढेर १३ सय १२ दसमलव १४ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव ११ अंकले बढेर दुई सय ७९ दसमलव ९१ बिन्दुमा चढेको छ ।

एक सय ७३ कम्पनीहरुके १० हजार ९१ वटा कारोवारमा ३१ लाख दुई हजार दुई सय ८४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ८१ करोड ४४ लाख ५२ हजार दुई सय ६७ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक बढेकाछन भने तीन वटा समुहको सुचक घटेकाछन । जसमध्ये बाँणिज्य बैक समुहको कारोवार सुचक शुन्य दसमलव शुन्य आठ अंकले बढेर ११ सय ६५ दसमलव ७८ बिन्दुमा चढ्दा बिकास बैंक समुहको सुचक पनि दुई दसमलव ४४ अंकले बढेर १६ सय दुई दसमलव ८५ बिन्दुमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि ६४ दसमलव छ अंकले बढेर १२ सय ७५ दसमलव तीन बिन्दुमा चढेको छ । यि बाहेक निर्जिवन बीमा, जीवन बीमा, ट्रेडि, होटल, फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । लघुबित्त, उत्पादनमुलक र अन्य समुहको सुचक भने आज घटेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुुचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९४ पैसाले बढेर एक सय ९९ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्थाको 

प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ पाँच पैसाले घटेर पाँच सय ४० रुपैयाँमा कारोवार भएको छ । यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय ३३ रुपैयाँ अन्तिम मुल्यमा आठ करोड ६६ लाख २८ हजार छ सय २१ रुपैयाँको सेयर कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै