• २०८१ बैशाख ११ मंगलबार

मिडिया काउन्सिल विधेयक संशोधन गर्न राप्रपाको माग 

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रेस स्वतन्त्रतालाई नियन्त्रित तथा संकुचित बनाउने प्रयास स्वरूप मिडिया काउन्सिल विधेयक ल्याइएको भन्दै संशोधनको माग गरको छ ।

राप्रपाको आज बसेको केन्द्रीय कार्य समितिको बैठकले विधेयकमा रहेका विवादास्पद र पत्रकारका हक, हित र स्वतन्त्रता विरोधी प्रावधानहरुलाई सम्बन्धित पक्षहरुसँग छलफल गरेर संशोधन गर्न राप्रपा सरकारसँग माग गरेको हो ।

बैठकले सरकार प्रेस बिरुद्धको कठोर दृष्टिकोण र मिडिया काउन्सिलको स्वयत्तताको हनन गर्ने प्रयास दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेको छ । 

त्यस्तै राप्रपाले दोश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा जेष्ठ २४ गते मुस्ताङ जिल्लाको मुक्तिनाथबाट प्रारम्भ भई गोरखामा समापन गरिने जानकारी दिएको छ । 

साथै राप्रपाले हिन्दुराष्ट्र पुनस्र्थापनाको माग गरी मलुकभरी संकलन गरिएको हस्ताक्षर असार ६ गते काठमाडौंमा सरकारलाई बुझाउने निर्णय गरेको छ ।

साथै आगामी जेष्ठ १५ गते पार्टी स्थापना दिवस बृहत कार्यकर्ता भेला लगायतका कार्यक्रम गरी मनाउने  र उक्त कार्यक्रम तयारीको लागि प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा समिति गठन गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै