• २०८१ बैशाख १३ बिहीबार

खानेपानीका तत्कालिन इन्जिनियरसहित ५ जनाविरुद्ध मुद्दा दायर  

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतका तत्कालीन इन्जिनियर प्रेम बहादुर थापासमेत ५ जना उपर आरोप-पत्र दायर गरेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वत र कटुवाचौपारी गुणस्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी आयोजना बनाउदा निर्माण गरेको भन्दा बढी काम देखाएर ५ लाख २० हजार ९ सय ८१ रुपैया अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

साथै अख्तियारले ईन्जिनियर प्रेम बहादुर थापा र सि.डि.इ अमोध धितालसहित उपभोक्ता समितिका अध्यक्ष नारायण शर्मा लामिछाने, सचिव सुरेश बहादुर पी.सी र कोषाध्यक्ष दिवाकर शर्मा लामिछाने विरुद्ध पनि मिलोमतो गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (४) बमोजिम विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै