• २०८१ बैशाख ८ शनिबार

कोपा अमेरिका खेल्ने अर्जेन्टिनी टिमको घोषणा, आइकार्डी टिममा परेनन्

kharibot

काठमाडौँ । आगामी जुन १४ देखि जुलाई ७ सम्म ब्राजिलमा हुने कोपा अमेरिका फुटबल प्रतियोगिताको लागि अर्जेन्टिनाले २३ सदस्सीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।

अर्जेन्टिनाका म्यानेजर लिओनेल स्कालोनीले अर्जेन्टिनी फुटबलका लागि उपलब्ध उत्कृष्ट २३ जना छनौट गरेको बताएका छन् ।

टिममा युभेन्टसबाट खेल्ने पाउलो डिबाला, म्यानचेस्टर सिटीबाट खेल्ने सर्जियो अग्युरो फर्किएका छन् भने इन्टर मिलानका माउरो आइकार्डीलाई टिममा समावेश गरिएको छैन । २६ बर्षिय आइकार्डीको यससिजन इन्टर मिलानमा विवादस्पद रहेको थियो यद्यपी उनले खेलेका ३६ खेलमा १७ गोल गरेका थिए । 

त्यस्तै लिओनेल मेसी गत बर्षको रसिया विश्वकप पछि केवल एक खेल भेनेजुएलाविरुद्ध खेलेका थिए, जसमा अर्जेन्टिना ३-१ गोल अन्तरले पराजित भएको थियो ।

कोपा अमेरिका खेल्ने अर्जेन्टिनी टिम :

गोलकिपर : इस्तेबान आन्द्राडा (बोका जुनियर), फ्रान्को आर्मानी (रिभर प्लेट), अगस्टिन मार्चेसिन (क्लब अमेरिका) ।

डिफेन्डर : निकोलस ओटामेन्डी (म्यान्चेस्टर सिटी), जुयान फोयथ (टोटनह्याम), निकोलस टागलियाफिको (अयाक्स), रामिरियो फुनेस मोरी (भिल्ला रियल), मार्कोस आकुना (स्पोर्टिंग लिस्बन), रेन्जो साराभिया (रेसिंग), जर्मन पेज्जेल्ला (फिओरेनटिना), मिल्टन कास्को (रिभर प्लेट) ।

मिडफिल्डर : एन्जेल डी मारियो (पीएसजी), रोबेर्टो पेरेयरा (वाटफोर्ड), जियोभानी लो केल्सो (रियल बेटिस), लिनड्रो परेडेस (पिएसजी), रोड्रीगो डे पाउल (उड़ीनेस), एक्सक्वियल पालासियस (रिभर प्लेट), गुइडो रोड्रीगेज (क्लब अमेरिका) ।

फरवार्ड : लियोनेल मेसी (बार्सिलोना), सर्जियो अग्युरो (म्यानचेस्टर सिटी), पाउलो डिबाला (युभेन्टस), लाउटारो मार्टीनेज (इन्टरमिलान), माटीयास स्वरेज (रिभर प्लेट) । 

अर्जेन्टिना कोपा अमेरिकामा समुह बि मा कोलोम्बिया, पराग्ये र कतारसँग रहेको छ । अर्जेन्टिनाले आफ्नो पजिलो खेल जुन १५ मा कोलम्बियासँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै