• २०८१ बैशाख ८ शनिबार

ललितपुर महानगर प्रमुख महर्जन अस्पताल भर्ना

kharibot

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन अस्पताल भर्ना भएका छन् । महर्जन मंगलबार पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको छ । 

आइतबार अपराह्नबाट पेट दुख्ने समस्या आएपछि उनी अस्पताल भर्ना भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।  

सुमेरु सिटी अस्पतालका जनरल सर्जन, युरोलोजिष्ट डा रवीनबाबु बस्नेतको टोलीले उनको शल्यक्रिया गरेको उनले बताए । 

शल्यक्रियामा संलग्न चिकित्सक डा बस्नेतले दिएको जानकारीअनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै