• २०८१ बैशाख १२ बुधबार

सीपीएलको खेलाडी ड्राफ्ट आज, नेपाली चार खेलाडीको कस्तो छ सम्भावना  

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडीको ड्राफ्ट आज लन्डनमा सम्पन्न हुदै छ ।

ड्राफ्ट नेपाली समयअनुसार बुधबार बेलुका ७ :४५ बजे देखी सुरु हुने बताईएको छ ।

यसपटक ड्राफ्टको सुचिमा चार नेपाली खेलाडी पर्न सफल भएका छन् । केहि दिन अघि सार्वजनिक भएको ड्राफ्ट सुचिमा चार नेपालीसहित कुल २० देश बाट ५ सय ३६ खेलाडी रहेका छन् ।

ड्राफ्टमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछानेसहित, अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल पर्न सफल भएका हुन् ।

सन्दीपले गतवर्ष नै सीपीएल खेलिसकेका छन् भने सोमपाल, रोहित र दिपेन्द्र पहिलो विदेशी लिग खेल्ने तयारीमा रहेका छन् ।

अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान प्रतिभा समेत घोषित सन्दीप सीपीएलमा छनोट हुने संभावना लगभग पक्का जस्तै नै छ । 

यसअघि पाँचौ संस्करणमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सिपिएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट क्रिस गेलको कप्तानीमा खेलेका थिए । सन्दीपले सेन्ट किट्सबाट गत सिजनमा कुल ५ खेल खेल्दै ७ विकेट लिएका थिए ।

सन्दीपलाई गतवर्ष प्याट्रियट्सले ५ हजार अमेरिकी डलर पारिश्रमिकमा अनुबन्ध गरेको थियो । 

यसपटक उनको पारिश्रमिकमा पनि वृद्धि हुने सम्भावना रहेको छ ।

दिपेन्द्र, रोहित र सोमपाललाई ड्राफ्ट मार्फत कुनै टोलीले भित्र्याए सीपीएलनै यी तीन खेलाडीको लागि पहिलो विदेशी लिग हुने छ । 

सन्दीपले पछिल्लो समय अन्तर्राष्ट्रिय लिगमा उत्कृष्ट प्रर्दशन गरिरहँदा अन्य नेपाली खेलाडीको संभावना पनि बलियो देखिएको छ ।

सिपिएलमा खेल्ने ६ टिमले बढीमा ५ विदेशी खेलाडी मात्र किन्न पाउने नियम रहेकाले सन्दीप बाहेक अन्य खेलाडीको कति सम्भावना रहन्छ त्यो भने हेर्न बाँकी छ । यसरी हेर्दा ६ टिमले ३५१ विदेशी खेलाडीबाट ३० खेलाडी छान्नु पर्ने छ ।      
सिपिएलको छैठौ यस पटक सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म हुने वेस्टइन्डिजमा हुदै छ ।

सिपिएलमा ६ टिमको सहभागिता रहेको छ । जसमा बारबाडोस ट्रीडेन्टस, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया स्टार्स, जमैका टलावाह, ट्रिनवागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स रहेका छन्।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै