फुटबल खेल्दाखेल्दै एकको मृत्यु

खरीबोट
ad

गुलरिया, बर्दिया ।  विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । 

स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको सो प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका– ३ बगनाहा निवासी १७ वर्षीय नरेश थारु खेल्दै गर्दा बेहोस भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

मंगलबार दिउँसो खेल भइरहदा गर्मीका कारण बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

यु–१६ महिला फुटबल च्याम्पियनसिप : नेपाल फिलिपिन्ससँग ४-० ले पराजित 

काठमाडौँ। नेपालमा आयोजना हुने एएफसी १६ वर्षमुनि (यु–१६) महिला फुटबल च्याम्पियनसिपको  समुह इ को पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४-० ले पराजित भएको छ।  हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएकोखेलमा नेपालले

एएफसी यु–१६ फुटबल महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा, यस्तो छ खेल तालिका 

काठमाडौँ। नेपालमा आयोजना हुने एएफसी १६ वर्षमुनि (यु–१६) महिला फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । यही असोज ३ गतेदेखि शुरु हुने समूह

‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेताले ५० लाख पुरस्कार पाउने

काठमाडौँ / चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार

ब्राजिलियन फुटबलर मार्सेलोलाई स्पेनमा कर छलेको आरोप, ४ महिना जेल र जरिवाना सुनाइयो 

काठमाडौँ।  रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फुटबलर मार्सेलोलाई स्पेनमा करछलीको आरोपमा ४ महं को जेल सजाय र ७ लाख ५० हजार युरो जरिवाना गरिएको छ। ३० बर्षिय प्ले मेकर मार्सेलोलाई आन्फो