काठमाडौँ । सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पाले १४औँ पटक सगरमाथाको सफल आरोहरण गरेका छन् ।
फुर्वाले बुधबार बिहान ३ बजे सगरमाथाको सफल आरोहरण गरेको सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका ज्ञानेन्द्र श्रेष्ठले खरीबोटलाई जानकारी दिएका छन् ।
फुर्वा २४ बर्षको उमेरमा गतबर्ष सगरमाथाको १३औ पटक सफल आरोहर्ण गरेर कम उमेरमा धेरै पटक सगरमाथा चढ्ने किर्तिमान बनाएका सगरमाथा आरोही पनि हुन् ।
फुर्वा पहिलो पटक सन् २००७ मा सगरमाथाको पहिलो पटक आरोहण गरेका थिए ।
यस आरोहणको क्रममा फुर्वाले पर्यटकीय थलोहरुको खोजी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डालाई पनि सगरमाथाको चुचुरोमा फहराएका छन् ।