• २०८१ बैशाख ८ शनिबार

नेपाली भाषामा एकरुपता ल्याउन शिक्षा मन्त्रालयद्वारा परिपत्र जारी

kharibot

काठमाडौँ । विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ । शैक्षिक क्षेत्रमा एकरुपता ल्याउन शिक्षा मन्त्रालयले परिपत्र जारी गरेको छ ।

नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौं संस्करण ‘नेपाली बृहत् शब्दकोश’अनुसार सबै क्षेत्रमा भाषामा एकरुपता ल्याउन लागिएको हो ।

भाषामा एकरुपता ल्याउने विषयमा प्रतिष्ठानले सबै क्षेत्रमा गोष्ठी तथा छलफल अघि बढाइरहेको प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताए ।

“राष्ट्रिय परीक्षा बोर्डले पनि आफ्ना मातहतका सबै तहमा परिपत्र पठाइसकेको छ,” उनले भने३ । नयाँ प्रकाशन हुने नेपाली पाठ्यपुस्तक शब्दकोशको वर्णविन्यासानुसार तयार गरिने बताइएको छ ।

उनले भने, “नेपाली विषय पढाइ हुने सबै निजी र सरकारी विद्यालयका पाठ्यपुस्तकमा नेपाली भाषामा एकरुपता ल्याइन्छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै