मुक्तिनाथ विकास बैंकद्धारा जेष्ठ नागरिकलाई कुर्सी हस्तान्तरण

खरीबोट

पोखरा । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका १०,  रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ ।

उक्त संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौ बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राम बजार यु.के. सोसाइटिका सल्लाहकार प्रेम वि.क., विशेष अतिथि मुक्तिनाथ विकास बैँक, पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, शाखा कार्यालय अमरसिँहका प्रमुख अशोक लामा, पोखरा अनुगमन अधिकृत नगेन्द्र राज पौडेल, संस्थाका अध्यक्ष क्याप्टेन थमन थापा सहितको सँयुक्त उपस्थितीमा कुर्सी वितरण गरेको हो । 

उक्त संस्थाको प्राङ्गणमा वितरीत कुर्सीबाट जेष्ठ नागरिकहरुलाई दैनिक रुपमा आरामदायी रुपमा बस्नको लागि थप सहयोग भएकोमा संस्थाका अध्यक्ष क्याप्टेन थमन थापाले बैँकको प्रगतीको कामना सहित जेष्ठ नागरिकको आशिष र कामना सहित धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा बैँकका क्षेत्रीय कार्यालय, पोखराका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमासामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा त्यस क्षेत्रका जेष्ठ नागरिकहरुको जेष्ठ नागरिकताको परिचय पत्र समेत पोखरा महानगरपालिकाको समन्वयमा वितरण गरिएको थियो ।
 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकको सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि 

काठमाडौँ मुक्तिनाथ विकास बैंक लिमिटेडले आव ०७५-०७६ मा रु. १ अर्ब २२ करोड सञ्चालन मुनाफा हासिल गरेको छ । बैंकले आव २०७५-०७६ मा रु ४६ अर्ब १३ करोड निक्षेप संकलन र

मुक्तिनाथ विकास बैंक र विराट आँखा तथा सञ्जीवनी हस्पिटलबीच सम्झौता 

मोरङ । मुक्तिनाथ विकास बैंकले विराटनगरस्थित सञ्जीवनी हस्पिटल तथा आईभीएफ सेन्टर प्रालिसँग बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छूट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ । उक्त सम्झौतापत्रमा सञ्जीवनी हस्पिटलका तर्फबाट

मुक्तिनाथ विकास बैंकद्धारा डस्टबीन हस्तान्तरण 

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखा काठमाडौँलाई डस्टबीन हस्तान्तरण गरेको छ । टोखा–६,  डाँफे बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं बैंकले डस्टबीन वितरण

मुक्तिनाथ विकास बैंक र ग्राण्डी अस्पतालबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ग्राण्डी इन्टरनेशनल अस्पताल, टोखा काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्राण्डी अस्पतालको


z