एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किए

खरीबोट

काबुल । संयुक्त राष्ट्र संघीय आप्रवासन निकाय (आइओएम) ले सन् २०१९ का पाँच महिनामा करिब एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किएको जनाएको छ । यी शरणार्थी पाकिस्तान, इरान र युरोपेली मुलुकबाट स्वदेश फर्किएका हुन् ।

आइओएमले बुधबार प्रकाशन गरेको प्रतिवेदनमा इरानबाट मात्र एक लाख ७४ हजार १८५ जना शरणार्थी अफगानिस्तान फर्किएको उल्लेख छ । इरानमा लामो समयदेखि रोजगारी पाउन समस्या भएपछि उनीहरु स्वदेश फर्किएको बताइएको छ ।

यसैबीच, पाकिस्तानबाट नौ हजार ५१९ जना तथा युरोपेली मुलुकहरुबाट ७१५ जना अफगानी स्वदेश फर्किएका छन् ।

अफगान शरणार्थी मामिला मन्त्रालयका अनुसार गत वर्ष सन् २०१८ मा छिमेकी मुलुकहरुबाट आठ लाख ४९ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका वा फिर्ता गरिएका थिए ।

सम्बन्धित समाचार

अफगानिस्तानमा २४ लडाकुद्वारा आत्मसमर्पण

अफगानिस्तान । अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त बाद्ख्शान २४ लडाकूले आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएका छन् । स्थानीय नेता र जिल्लाका

बंगलादेशमाथि अफगानिस्तानको कीर्तिमानी जित

काठमाडौँ । बंगलादेशमा जारी त्रिकोणीय सिरिजमा अफगानिस्तानले कीर्तिमानी जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई २५ रनले पराजित गर्दै अहिलेसम्म अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा धेरै खेलमा अपराजित हुने अस्ट्रेलियाको

आफ्नै सहकर्मीको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु

काबुल, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । शुक्रबार राति शाहवालीकोट जिल्लाको दमानी क्षेत्रमा आफ्नैै सहकर्मीले

टेस्ट खेलमा बंगलादेशमाथि अफगानिस्तानको ऐतिहासिक जित 

काठमाडौँ । जारी टेस्ट खेलमा अफगानिस्तानले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । टेस्टको पाँचौ दिन बर्षाले खेल प्रभावित हुदा ढिलो गरि शुरु भएपनि अफगानिस्तानले बंगलादेशलाई १७३ रनमा अल आउट गर्दै


z