मिडिया काउन्सिल विधेयक संशोधन हुन्छ : नेता नेम्वाङ

खरीबोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले सङ्घीय संसद् प्रतिनिधिसभामा दर्ता गरिएको ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक–२०७५’ परिमार्जन गरी संविधानअनुकूल बनाउने आश्वासन दिएका छन् ।

सो विधेयकबारे नेपाल पत्रकार महासङ्घले आज प्रस्तुत गरेको पन्ध्रबुँदे सुझावसहितको ध्यानाकर्षणपत्र बुझ्दै नेता नेम्वाङले पार्टीका तर्फबाट नै संशोधन प्रस्ताव हालेर विधेयक संशोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

ध्यानाकर्षणपत्रमा मिडिया काउन्सिलको सट्टा प्रेस काउन्सिल राख्नुपर्ने, विधेयकको प्रस्तावनामा स्वायत्त र स्वतन्त्र काउन्सिल स्थापनाका लागि ऐन बनाइएको भनेर प्रष्ट शब्दमा लेख्नुपर्ने र परिभाषा खण्डमा विद्युतीय प्रसारण, अनलाइन पत्रकारिता र समाचार समितिबारे स्पष्ट परिभाषा लेख्नुपर्नेलगायत बुँदा समावेश गरिएको छ । 

सङ्घीय संसद्मा दर्ता भएको विधेयकमा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुगेको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई रु २५ हजारदेखि दश लाखसम्म जरिवाना गर्न सक्नेछ भनी भनिएको छ ।

विधेयकमा काउन्सिलबाट जारी भएको आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपूर्ति भराइदिन सक्नेछ भनी उल्लेख गरिएको छ ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकले सञ्चार क्षेत्रमा अङ्कुश लगाउन सक्ने भन्दै  पत्रकार महासङ्घ आन्दोलनमा छ ।

सम्बन्धित समाचार

विधेयकको विरोधमा पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा 

काठमाडौँ । नेपाल पत्रकार महासंघको जेठ २७ गते उपलब्ध केन्द्रीय समितिको बैठकले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ  । यस अघि

मिडिया काउन्सिल विधेयकको विरोधमा मानवसाङलो !

मिडिया काउन्सिल विधेयक खारेजको माग गर्दै नेपाल पत्रकार महासङ्घद्वारा शनिवार बबरमहलदेखि माइतिघरसम्म आयोजित मानवसाङलोमा सहभागी सञ्चारकर्मी । महासङले यसअघि पनि विभिन्न चरणको आन्दोलन गर्दै आइरहेको छ । तस्वीर : रत्न

मिडिया काउन्सिल र मानव अधिकार विधेयक सच्याउन ध्यानाकर्षण 

काठमाण्डौं । राष्ट्रिय मानवअधिकार ऐन (पहिलो संशोधन) विधेयक २०७६ र मिडिया काउन्सिल विधेयक हरुलाई संविधानको मर्म र भावना अनुकुल वनाउन संवैधानिक कानुन ब्यवसायी मञ्चले संघीय संसदको ध्यानआकर्षण गराएको छ । मञ्चले

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : नेता नेपाल

बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका छन् । उनले विधेयकका बारेमा धेरै


z