बाली बीमामा व्यावहारिक कठिनाइ, बीमा गर्दैनन् केरा किसान

खरीबोट

कैलाली । बाली बीमाबाट सुविधा लिन कठिन रहेकाले कैलालीका केरा किसान बाली बीमाप्रति आकर्षित हुन सकेका छैनन् । किसानले लगानी सुरक्षाका लागि बाली बीमा आवश्यक भए पनि सेवामा व्यावहारिक कठिनाइ भएकाले बीमा गर्न नचाहेको बताएका छन् ।

“बाली बीमा किसानका लागि सुविधा हो, बीमा गर्न जरुरी पनि छ, कृषि बीमा नीति किसानमैत्री नभएकाले कृषि बीमामा आकर्षण घटेको हो”, केरा कृषक कालु हमालले भने, “किसानलाई कृषि विमाका बारेमा जानकारी नै छैन, जानकारी भएका किसान पनि बीमा लाभ लिन झण्झटिलो भएकाले बीमा गर्न मान्दैनन् ।” किसानमा  लागत खर्च घटाउने र उत्पादनबाट प्रतिफल नमिल्ने बालीको खेती गर्न हुन्न भन्ने मान्यता रहेको उनले बताए ।

बाली बीमामा केराको बोट मरेको, भाँचिएको भएमात्र बीमा दाबी गर्न मिल्ने प्रावधान छ । तर कतिपय अवस्थामा मौसम प्रतिकूलताले केराको बोट नमरे पनि उत्पादनमा ह्रास आउँदा  बीमा दावी गर्न मिल्दैन । यसका लागि बालीको अवस्था अनुसार बीमा नीति हुनुपर्ने केरा किसान दीपेन्द्र चौधरीले माग गरे ।

“बोट राम्रो अवस्थामा रहे पनि पानी जम्दा तथा चिसोले बोटमा असर गरेमा बोट नमरे पनि उत्पादनमा कमी हुन्छ, यस्तो अवस्थामा बीमा दाबी गर्न मिल्दैन्”, उनले भने, “उत्पादन कम भएपनि बीमा दाबी गर्न पाउनुपर्छ, अनि कृषिमा आकर्षण बढ्छ र बीमा अनिवार्य गर्छौं ।”

जडीबुटीबाहेक ४९ वटा विभिन्न बालीको बीमा गर्ने प्रावधान छ । जसमा खाद्यान्न बाली, मसला बाली, तेलहन बाली, फलफूललगायत घाँससम्मको बीमा गर्ने व्यवस्था गरिएको छ । केरा बालीमा भने मौसम प्रतिकूलताले हुने क्षति ‘वेडर इन्डेक्स’ अनुसार कृषि बीमा नीति ल्याउन जरुरी रहेको केरा किसान देवीराम कोइरालाले बताए । जलवायु परिवर्तनका कारण बालीमा विविध प्रकोप र समस्या आउने गरेको छ । केराको हकमा एक पल्टको बीमाले अर्काे पल्टको उत्पादनमा बीमा गर्न नमिल्ने भएकाले केरा किसान भने समस्यामा पर्ने गरेका छन् ।

बाली बीमाका लागि टीकापुरमा एउटा मात्रै बीमा कम्पनी छ तर त्यसले अहिलेसम्म एउटा पनि बीमा गरेको छैन । यो कम्पनीले किसानलाई बीमाका लागि जागरुक गराउन सकेको छैन । प्रक्रिया झण्झटिलो भएकाले बीमा गर्न नचाहेको किसान रामदुलारे चौधरीले बताए । बीमा कम्पनीले बीमा गर्दाको सुरक्षाबारे किसानलाई जनचेतना जगाउन आवश्यक रहेको रानी जमरा कुलरिया कुला मूल समितिका उपाध्यक्ष दामोदर खड्काले बताए ।

“सरकारले किसानको बाली जोखिम कम गर्न प्रत्येक वर्ष रकम विनियोजन गर्छ, किसानले बीमा नगर्दा धेरै रकम विभागमा थन्किन्छ”, रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमका समन्वयकर्ता भरतप्रसाद कँडेलले भने, “अनुदान रकमबाट गरिएको खेतीको जोखिम कम होस् र किसानलाई पनि अर्को बाली लगाउन सजिलो होस् भनेर बाली बीमा अनिवार्य बनाउने सोच बनाएका छौँ, जसका लागि किसानलाई सचेत बनाउनु पर्नेछ ।”

बाली बीमाका लागि किसानले उत्पादन लागतको २५ प्रतिशत बीमित प्रिमियम रकम तिर्नुपर्छ भने ७५ प्रतिशत नेपाल सरकारले तिर्ने गर्दछ । नेपालमा २० वटा कृषि बीमा गर्ने कम्पनी रहेका छन् । कैलाली, बझाङ र डोटीमा राष्ट्रिय बीमा इन्सेयोरेन्स कम्पनीले बाली बीमाको जिम्मेवारी पाएको छ । कैलालीमा ७३० हेक्टर जमीनमा केरा खेती गरिएको छ । सोमा वार्षिक १० हजार ९५० टन केरा उत्पादन हुने गरेको टीकापुर प्राकृतिक स्रोत व्यवस्थापन कलेजका उप प्राध्यापक डा प्रदीपराज रोकायाले बताए ।  

सम्बन्धित समाचार

रारामार्ट अनलाईनमा हरेक शुक्रबार ‘सपिङ्ग–डे’ : सपिङ्ग गर्दा ‘निशुल्क स्वास्थ्य बीमा’

काठमाडौँ । नेपाली युवाहरुको अगुवाईमा जापानबाट सुरुभएको रारामार्ट ब्राण्डले नेपालबाट समेत सेवा प्रारम्भ गरेको छ । करिब ६ महिना अघिदेखी नेपालमा रारामार्ट डटकम नामबाट संचालनमा आएको रारामार्टले आज राजधानीमा एक कार्यक्रमको

तनहुँमा दश हजार पशुको बीमा

तनहुँ / तनहुँमा साढे १३ करोड मूल्य बराबरको पशुको पशुधन (बीमा) सुरक्षण गरिएको छ । दमौलीस्थित विभिन्न बीमा कम्पनीमार्फत १३ करोड ५२ लाख ९० हजार २०० मूल्य बराबरको १० हजार

मुक्तिनाथ विकास र राष्ट्रिय बीमाबीच सम्झौता 

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड  र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच असार २२ गते एकआपसमा व्यवसाय आदानप्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुरुप कम्पनीले बैंकसम्बन्धी कार्य गर्न मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता

महिला स्वास्थ्य स्वयसेविकाका लागि बीमा

काठमाडौं । तारकेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयंसेविकाका लागि स्वास्थ्य र जीवन बीमाको व्यवस्था गर्ने भएको छ ।  नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले स्वास्थ्य र जीवन


z