• २०८१ बैशाख ८ शनिबार

कांग्रेसको भोटले जितेकी रेणुको भोट एमालेलाई

kharibot

चितवन ।  कांग्रेसको साथ् पाएर चितवनको भरतपुर महानगरको मेयर जित्न सफल रेणु दाहालले जिल्ला समन्वय समिति चितवनको निर्वाचनमा एमाले उम्मेदवारलाई मतदान गरेर कांग्रेस-माओवादी केन्द्रबिच को स्थानीय तहको सहकार्य भत्किएको छ ।

केन्द्रमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र अन्तत पार्टी एकीकरणको चर्चा भइरहँदा चितवनमा वाम एकतालाई बल पुग्ने गरी माओवादीका मतदाताले एमाले उम्मेदवारलाई भोट हालेका हुन् । 

जिल्ला समन्वय समिति चितवनको सभा गठनका लागि भएको निर्वाचनमा भरतपुर महानगरकी मेयर रेणु दाहालले एमाले उम्मेदवार कृष्णुमार डल्लाकोटी सहित सवैलाई भोट हालेकी छन् । 

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले एमालेका उम्मेदवारहरुलाई मतदान गरेका हुन् । 

केन्द्रमा वाम दलहरुवीच चुनावी तालमेलको विषय चर्चामा आएसँगै जिल्लामा यसको प्रत्यक्ष असर परेको छ । यसअघि भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा चुनावी तालमेल गरेका माओवादी र कांग्रेसका एकता ३ हप्ता अघि भएको भरतपुर महानगरको कार्यपालिका गठन सम्म रहेको थियो । त्यस बेला गठबन्धनको स्पष्ट बहुमत हुँदा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । जसले गर्दा ३९ सदस्यीय कार्यपालिका बोर्डमा एमाले एक्लैको २० सिट पुगेको थियो । गठबन्धन बहुमत भएर पनि कार्यपालिकामा अल्पमतमा परेको थियो ।

जिल्ला समन्वय समिती चितवनको प्रमुखमा नेकपा एमालेका कृष्ण कुमार डल्लाकोटी निर्वाचत भएका छन् । बुधबार भएको जिससको निर्वाचनमा कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी विजयी भएका हुन् । विजयी प्रमुख र उपप्रमुखलाई बुधबार नै सपथ ग्रहण गराइएको सहायक निर्वाचन अधिकृत गम्भिरकान्त घिमिरेले बताए ।  कुल १४ मतमा एमालेका डल्लाकोटीले ११ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी अधिकारीले ३ मत मात्र ल्याएका हुन् । जिससमा एमाले र कांग्रेसको मात्र उम्मेदवारी परेको थियो ।

त्यस्तै उपप्रमुखमा पनि एमाले कै मुना कुमारी श्रेष्ठ विजयी भएकी छन् । कांग्रेसकी टिका दाहाललाई पराजित गर्दै श्रेष्ठ विजयी भएकी हुन् । उनले ११ मत प्राप्त गर्दा दाहालले ३ मत प्राप्त गरेकी छन् । जिससको ९ सदस्यीय समितीमा खिलाकुमारी सिखंडा, लिलादेवी पोखरेल, सिता पुन, गुनु बि.क, कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरुङ र चुडामणी महतो छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै